अन्य
७ श्रावण २०७६ मंगलबार
काठमाडौं
फलानोको खान्की
फलानो, समसामयिक कार्टुन स्तम्भपछि पुल्चोकमा खुलेको फलानो कफीघर चार वर्षमै खानापारखीमाझ चर्चित छ ।

फलानोले यस्तो गर्यो, फलानोले उस्तो गर्यो । कहिलेकाहीँ त्यो फलानो पात्र तपाईं हुन सक्नुहुन्छ, कहिले तपाईंले अरुबारे त्यसरी नै बोलेको हुन सक्छ । जेहोस्, फलानो हाम्रै समाजको पात्र हो ।
फलानो, समसामयिक कार्टुन स्तम्भपछि पुल्चोकमा खुलेको फलानो कफीघर चार वर्षमै खानापारखीमाझ चर्चित छ । यहाँ इटालियन खाना स्प्यागेटी कार्बोनारादेखि सी फुड, हाका नुडल्स, विशेष स्यान्डविच, बेकरी आइटम पाइन्छन् । स्वादिष्ट भोजनका साथमा पारिवारिक वातावरणमा रमाउन तपार्इं पनि फलानो जाने कि ?