अन्य
२७ श्रावण २०७६ सोमबार
काठमाडौं
पी फर पिज्जा
भनिन्छ, दोस्रो विश्वयुद्धताका इटालियन सेना अरू देशमा बस्न थालेपछि उनीहरुको प्रिय खाना पिज्जा बन्न थाल्यो । पछि पिज्जा विश्वव्यापी रुपमा फैलियो ।

भनिन्छ, दोस्रो विश्वयुद्धताका इटालियन सेना अरू देशमा बस्न थालेपछि उनीहरुको प्रिय खाना पिज्जा बन्न थाल्यो । पछि पिज्जा विश्वव्यापी रुपमा फैलियो ।
फ्यान्सी खानाका रुपमा रहेको पिज्जा नेपालीमाझ एकदमै चर्चित छ । पिज्जा हट नेपालको पिज्जा उत्कृष्ट मानिन्छ । अन्तर्राष्ट्रिय फुडचेनका रुपमा रहेको पिज्जा हटमा शाकाहारी तथा मांसाहारी दुवै स्वादका पिज्जा पाइन्छन् । लसिलो पिठोमा माथिबाट चिज, तरकारी तथा मासु र ससेज आदि राखी ओभनमा पिज्जा बनाइन्छ । यसरी बनेको तात्तातो पिज्जा कोल्ड ड्रिंक्ससँग खान खुब मज्जा आउँछ । पिज्जा हट रेस्टुराँ थापाथली र दरबारमार्गमा छ ।