अन्य
५ भाद्र २०७६ बिहीबार
काठमाडौं
फेरि कक्टेल गाउन
पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ ।

पहिरन भनेको शरीर ढाक्न मात्र होइन । त्यसले मानव सभ्यताको विकासको चरण पनि बताउँछ । होइन भने मोडल रुबिस्का श्रेष्ठले लगाएको लामो कक्टेल पार्टी गाउनलाई हेर्नुस् । हेर्दा त यो चमकदार कालो गाउन मात्र हो । तर त्यसको इतिहास उत्तिकै रोचक छ ।
पहिलो विश्वयुद्धपछि महिला कामदार चर्चित हुन थाले । सन् १९२९ पछि सामाजिक कार्यक्रममा महिला देखिन थाले । उनीहरुका लागि पनि कक्टेल पार्टी आयोजना हुन थाले । यस्ता अर्धऔपचारिक कार्यक्रममा महिला कक्टेल ड्रेसमा सजिन थाले । त्यसबेलाको प्रगतिशील पहिरन आज पनि उत्तिकै चर्चित छ, पहिरनप्रेमीमाझ ।