अन्य
१५ आश्विन २०७६ बुधबार
काठमाडौं
भेटघाटको तास
दसैँका थुप्रै विशेषण छन् । त्यसमध्ये एक मासुको परिकारको चाड पनि हो ।

दसैँका थुप्रै विशेषण छन् । त्यसमध्ये एक मासुको परिकारको चाड पनि हो । दसैँमा घरमै खसी-बोका, च्यांग्रा, कुखुरा, हाँस, भेडा, राँगाका विभिन्न परिकार बनाएर खाने चलन छ । तर आज हामी कुरा गर्दै छौँ, तासको ।
यो खेल्ने होइन, खाने तास हो । खसीको मासुले बनेको एक परिकार तास पछिल्लो पटक निकै प्रख्यात बन्दै छ, मांसाहारीमाझ । 'चितवनको तास मुलुकभर खास' भन्दै भेटघाट रेस्टुरेन्टको शाखा अनामनगरमा छ । खसीको मासुबाट बनेको यो परिकारमा २५ वटा घरायसी मसला मिलाइएको हुन्छ ।