झुम्दै पौवा गार्डेनमा
जहरसिंहपौवामा रहेको पौवा गार्डेन रिसोर्ट तनावमुक्त र रमाइलोका लागि उत्कृष्ट छ । डाँडामा रहेको रिसोर्टमा काठमाडौँबाट २ घन्टामै पुग्न सकिन्छ ।

मानिस भन्छन्, काठमाडौँले बेफुर्सदी बनायो । राजधानीले बेफुर्सदी बनायो कि आफ्नै रहर र सपनाले ? त्यो भने सोचनीय कुरा हो । खैर, भानुभक्तको यो अलकापुरीलाई अर्को पनि आरोप छ, यो धुलो–धुवाँमान्डु बन्यो । हुन पनि विश्वको प्रदूषित सहरमा काठमाडौँको नाम बारम्बार आइरहेको छ । धुवाँधुलो, कामको तनावबाट मुक्त हुन काठमाडौँ वरपर यस्ता थुप्रै ठाउँ छन्, जहाँ तपाईं रमाइलो गर्न सक्नुहुन्छ ।
जहरसिंहपौवामा रहेको पौवा गार्डेन रिसोर्ट तनावमुक्त र रमाइलोका लागि उत्कृष्ट छ । डाँडामा रहेको रिसोर्टमा काठमाडौँबाट २ घन्टामै पुग्न सकिन्छ । रिसोर्टमा लोकल कुखुराको मासु, भात र संगीतमा झुम्ने सुविधा छ । रिसोर्टबाट मनोरम हिमालय शृंखलाको दृश्यावलोकन गर्न सकिन्छ भने प्याराग्लाइडिङको बुकिङ पनि हुन्छ । रिसोर्टमा प्याकेजको पनि व्यवस्था छ ।