मल्टिमिडिया
१४ मंसिर २०७१ आइतबार आमाको गर्भबाट निस्केपछि नवजात शिशुलाई ६ महिनासम्म तोरीको तेलले मालिस गर्ने चलन छ, नेपाली समाजमा । त्यो पनि दिनमा तीनपटकसम्म । शिशुको शरीर धेरै कोमल हुने भएकाले बाहिरी वातावरणसँग घुलमिल हुन र शारीरकि विकासका निम्ति पनि तेल मालिस जरुरी छ । चिकित्सकहरू पनि तेल मालिसलाई ठीक मान्छन्। यसरी मालिस गर्दा शिशुको हाड तथा मांसपेशी बलियो हुने, वृद्धिविकास राम्ररी हुने, छालासम्बन्धी रोग नलाग्ने, मजाले निद्रा लाग्ने र पाचनशक्ति बढ्ने धारणा छ । पछिल्लो समय सहरी क्षेत्रमा जैतुनको तेल तथा बेबी लोसनले मालिस गर्ने चलन छ ।
तेल मालिस
आमाको गर्भबाट निस्केपछि नवजात शिशुलाई ६ महिनासम्म तोरीको तेलले मालिस गर्ने चलन छ, नेपाली समाजमा । त्यो पनि दिनमा तीनपटकसम्म । शिशुको शरीर धेरै कोमल हुने भएकाले बाहिरी वातावरणसँग घुलमिल हुन र शारीरकि विकासका निम्ति पनि तेल मालिस जरुरी छ ।

शब्द/तस्बिर : श्रुति श्रेष्ठ