मल्टिमिडिया
७ मंसिर २०७५ शुक्रबार
काठमाडौं
पुलमा पिटी
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको मोटर गुड्ने पक्की पुलमा पिटी खेल्दै गरेका स्कुले विद्यार्थी ।

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा रहेको मोटर गुड्ने पक्की पुलमा पिटी खेल्दै गरेका स्कुले विद्यार्थी । स्थानीय मातृभूमि बोर्डिङ स्कुलले खेलमैदानको अभावमा लामो समयदेखि यसरी नै खोलामाथि रहेको पुलमा विद्यार्थीलाई पिटी खेलाउँदै आएको छ । ५ कक्षासम्म अध्ययन गराइने स्कुलमा १ सय ५० विद्यार्थी छन् । यहाँको सडकमा कमै मात्र गाडी गुड्छन् ।