पैसा हात परे हाइसन्चो
यतिखेर बाराको पथलैया पुग्ने हो भने पानीसरी पसिना बग्छ । बटुवा छहारीमा बसेर कोही चिसो पिउँदै गरेका देखिन्छन् भने कोही हातेपंखा हम्केर तात्तिएको ज्यानलाई थोरै भए पनि राहत दिने प्रयासमा हुन्छन् ।
यतिखेर बाराको पथलैया पुग्ने हो भने पानीसरी पसिना बग्छ । बटुवा छहारीमा बसेर कोही चिसो पिउँदै गरेका देखिन्छन् भने कोही हातेपंखा हम्केर तात्तिएको ज्यानलाई थोरै भए पनि राहत दिने प्रयासमा हुन्छन् । तर एक थरी मजदुर भने तरतरी पसिनाको पर्वाह नगरी साबेल पिक चलाउन र पाइप वेल्डिङ गर्न व्यस्त देखिन्छन् ।
लामो समयदेखि चर्चामा रहेको पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत दुवै सरकारको प्राथमिकतामा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुन्जभित्रको साढे दुई किलोमिटर क्षेत्रभित्र मात्र पाइप बिछ्याउन बाँकी छ ।
मोतिहारीदेखि अमलेखगन्जसम्म पाइपलाइन बिच्छ्याउने काम ९५ प्रतिशत सकिएको छ । पाइपलाइन बिछ्याउने क्षेत्रमा करिब ९ किलोमिटर पर्सा राष्ट्रिय निकुन्ज पर्ने भएकाले त्यहाँ ६ हजार ५ सय ठूलासाना रुख काटिएको छ । मोतिहारीदेखि अमलेखगन्जसम्म ७० किलोमिटर लम्बाइको पाइपलाइन बिछ्याउने काम झन्डै ६८ किलोमिटरसम्म पूरा भइसकेको छ ।
अहिले बाँकी कामका लागि बिहान ७ देखि सूर्यास्त नहुन्जेलसम्म मजदुर खटिरहेका छन् । यसरी काम गर्दा थकाइ र गर्मी लाग्दैन त ? उनीहरु भन्छन्, “थकाइ भनेको त पैसा हात नपरुन्जेल मात्र हो । मजदुरीको पैसा हात परेपछि सबै सन्चो हुन्छ ।”
तस्बिरहरु हेर्नुहोस :
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...