असार रोपेर मंसिर फलाउने
यस वर्ष मनसुन ढिलो भो । खासै पानी परेको छैन । ललितपुरको छम्पीमा पनि खेतमा धान रोप्न पुग्ने पानी जमेको छैन तर यहाँका किसानले जमिनमुनिबाट निकालेर पानी जोहो गरेका छन् । जेनतेन रोपाइँ गर्दै छन् ।

यस वर्ष मनसुन ढिलो भो । खासै पानी परेको छैन । ललितपुरको छम्पीमा पनि खेतमा धान रोप्न पुग्ने पानी जमेको छैन तर यहाँका किसानले जमिनमुनिबाट निकालेर पानी जोहो गरेका छन् । जेनतेन रोपाइँ गर्दै छन् ।
किसानको मनोबल उच्च राखी श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले केही वर्षयता मुलुकभरि १५ असारलाई राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । खेतमा गरागरामा कोही रोपाइँ गरिरहेको देखिन्छन् भने कोही दहीचिउरा खानमा मस्त । त्यसैले पनि यसलाई दहीचिउरा खाने दिन पनि भनिन्छ ।
सरकारी तथ्यांकअनुसार मुलुकको झन्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुँदै आएको छ । विज्ञहरूको भनाइ मान्ने हो भने आधुनिक प्रविधिबारे आम किसानमाझ जानकारी पुग्न नसकेका कारण धान उत्पादनमा खासै वृद्वि हुन सकेको छैन ।
तस्बिरहरु हेर्नुहोस :