हरियो–परियो राजापुर
गुलरिया–राजापुर बाटो छेउछाउका खेतमा धानको हरियाली छ । धान हुर्किसकेको हुनाले धेरैजसो किसान गोड्न, मल छर्न या पानी लगाउन व्यस्त देखिन्छन् ।

गुलरिया–राजापुर बाटो छेउछाउका खेतमा धानको हरियाली छ । धान हुर्किसकेको हुनाले धेरैजसो किसान गोड्न, मल छर्न या पानी लगाउन व्यस्त देखिन्छन् । छरुवा धान लगाएकी गुलरिया–१ की हिरमत चौधरीले यस वर्ष धान उत्पादन राम्रो हुने आशा गरेकी छन् । भन्छिन्, “यसपालि समयमै रोपाइँ भएकाले धान राम्रो फल्ला ।”
धान उत्पादनका लागि बर्दिया र त्यसमा पनि राजापुर क्षेत्रलाई ‘अन्न भण्डार’ मानिन्छ । बर्दियामा खेतीयोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार २ सय ५० हेक्टरमा धान खेती गरिन्छ । बर्दियामा यसपालि सबैभन्दा बढी गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा धान रोपाइँ भएको छ ।
रोपाइँ समयमै भए पनि धानका लागि आवश्यक विषादी तथा मल अभावका कारण किसान फसल कस्तो हुन्छ भन्ने चिन्तामा छन् । छिमेकबाट पैँचोमा ल्याएर मल छर्दै गरेकी गुलरिया–१ कमलपुरकी इमा खत्री सरकारले समयमै मल उपलब्ध नगराउँदा धान खेती राम्रो नहुने चिन्तामा छिन् । किसानका अनुसार मुख्य रूपमा सावित्री, राधा–४, मकवानपुर, सामा मनसुली, हर्दिनाथ र केही क्षेत्रमा खजुरा कृषि केन्द्रबाट उत्पादित बहुगुणी–१ र २ जातको धान लगाइएको छ ।
तस्बिरहरु हेर्नुहोस् :