[भिडियो कथा] स्वस्थ मानिसलाई नै बिरामी बनाउने रौँभन्दा मसिना कणहरू
राजधानी काठमाडौं धुलोधुवाँबाट आक्रान्त छ । सडकहरू कहिले मेलम्ची ल्याउने नाममा त कहिले मर्मतका नाममा भत्किरहन्छन् । उप्किएका पिच बन्न लामो समय लाग्छ । यसको असर- एउटा स्वस्थ मानिस यहाँको वातावरणकै कारण बिरामी पर्छ ।
![[भिडियो कथा] स्वस्थ मानिसलाई नै बिरामी बनाउने रौँभन्दा मसिना कणहरू [भिडियो कथा] स्वस्थ मानिसलाई नै बिरामी बनाउने रौँभन्दा मसिना कणहरू](https://nepal-assets-api.ekantipur.com/thumb.php?src=https://nepal-assets-cdn.ekantipur.com/uploads/source/news/2019/miscellaneous/th3-11112019045914.jpg&w=900&height=601)
विश्व स्वास्थ्य संगठनको वायु गुणस्तर मापदण्ड अनुसार २४ घण्टामा प्रतिघनमिटर हावामा खतरनाक पीएम–२.५ को मात्रा २५ माइक्रोग्रामभन्दा बढी हुनु हुँदैन । नेपालले यो सूचकांकलाई ४० माइक्रोग्राम तय गरेको छ । तर काठमाडौँमा मापदण्डभन्दा ६ गुणा बढी प्रदूषण हुने गरेको छ ।
बेलुका ६ बजेदेखि बिहान ८/९ बजेसम्म सबैभन्दा बढी प्रदूषण हुने गरेको सरकारी तथ्यांक छ । वातावरणीय प्रतिवेदनहरू भन्छन्- ‘रौँभन्दा तीनगुणा मसिना प्रदूषित कण पीएम २.५ सीधै फोक्सोसम्म पुग्ने जोखिम रहन्छ ।‘
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को अध्ययन प्रतिवेदनअनुसार नेपालमा औसतमा एक लाखमध्ये ३५ हजारको मृत्युको कारण वायु प्रदूषणकै कारण हुन्छ ।
राजधानी काठमाडौं पनि धुलोधुवाँबाट आक्रान्त छ । सडकहरू कहिले मेलम्ची ल्याउने नाममा त कहिले मर्मतका नाममा भत्किरहन्छन् । उप्किएका पिच बन्न लामो समय लाग्छ । यसको असर- एउटा स्वस्थ मानिस यहाँको वातावरणकै कारण बिरामी पर्छ ।
हेर्नुस् सरोज बैजुको भिडियो स्टोरी