मल्टिमिडिया
१ मंसिर २०७६ आइतबार
काठमाडौं
धान कुटी चामल
आधुनिकतासँगै कुटानीपिसानी मेसिन दूरदराज पुगेको छ । तर बझाङजस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने परम्परागत तरिकाले ओखलमै धान कुट्ने चलन छ ।

बझाङ थलारा गाउँपालिका सिरेटाकी अमृता सिंह, ३३, को दैनिकी ओखलमा धान कुट्दै सुरु हुन्छ । ७ जनाको परिवारलाई एक छाक पुग्ने धान कुट्न दुई घन्टा लाग्छ । आधुनिकतासँगै कुटानीपिसानी मेसिन दूरदराज पुगेको छ । तर बझाङजस्तै सुदूरपश्चिमका पहाडी जिल्लामा भने परम्परागत तरिकाले ओखलमै धान कुट्ने चलन छ ।
मेसिनमा कुटेको चामलको तुलनामा अर्गानिक, पोषिलो र स्वादिष्ट हुने भएकाले ओखलमा कुटेर खाने गरिन्छ । चाडवाड, बिहे, व्रत, भोजभतेर लगाउनुपर्यो भने गाउँभरिका मान्छे भेला भएर कुट्छन् । यसले समुदायमा सहकार्य, समन्वय र सद्भाव कायम राख्न सहयोग पुगेको छ । तस्बिरहरूः