साताका ७ तस्बिर
साताका ७ तस्बिरमा उत्तरी गोरखाका स्कुले नानीहरूदेखि काठमाडौंका सडक किनारमा काटिएका रुखसम्म ।
ओखलढुंगा सदरमुकाममा आगलागी नियन्त्रणको अभ्यास गर्दै नेपाली सेना । आगलागीको मौसम सुरु हुनुअघि नै सेनाले विपद् व्यवस्थापनको पूर्व तयारी थालेको हो । तस्बिरः कुम्भराज राई
माथिल्लो गोरखाको सामागाउँ जाँदा गाउँको मुखमा भेटिएका स्कुले विद्यार्थीहरू । जाडो बढ्दै गएपछि स्कुल आउजाउ गर्न मुस्किल पर्ने यी यी नानीहरू सुनाउँछन् । तस्बिरः छम गुरुङ
बालाचतुर्दशीको अवसरमा पशुपतिनाथ मन्दिरमा द्वीप प्रज्ज्वलन गर्दै भक्तजन । मंसिर महिनाको कृष्ण चतुर्दशीमा मनाइने यो पर्वमा पितृको सम्झनामा सतबीज (धान, जौ, तील, गहुँ, चना, मकै र कागुनु) छर्ने चलन छ । यसरी पूजा गर्दा पितृहरूको उद्धार हुन्छ भन्ने धार्मिक मान्यता छ । द्वीप प्रज्जवलन गरी रातभर जाग्राम बस्ने र सतबीज छर्ने चलन छ । तस्बिरः इलिट जोशी
काठमाडौंको थापाथलीमा भवन निर्माण गरिँदै । राजधानीका घना बस्तीमा बाँकी रहेका जमिनमा पनि ठूला ठूला भवनहरू बनिरहेका छन् । तस्बिरः सरोज बैजु
काठमाडौंको चुच्चेपाटीमा धुलाम्मे बाटो हुँदै गन्तव्यतिर जाँदै गरेका युवा । धुलोमा मानव स्वास्थ्यलाई निकै हानिकारक धातुको परिमाण उच्च रहेको अध्ययनले देखाएको छ । नेपाल विज्ञान प्रविधि तथा प्रज्ञा पतिष्ठान (नास्ट) ले चक्रपथ क्षेत्रबाट धुलो संकलन गरी अध्ययन गरेको थियो । तस्बिरः सरोज बैजु
काठमाडौंको चक्रपथमा सडक विस्तारका लागि काटिएका रुखहरू । सडकमा लेन थप्नका लागि दुई हजार रुख काट्न लागिएको छ । तस्बिरः सरोज बैजु
मंसिर १५ देखि सुरु हुन लागेको १३ औँ साग खेलकुदका लागि तयार पारिएको दशरथ रंगशाला । यहाँ बाहेक खेलहरू पोखरा र जनकपुरमा पनि हुँदैछन् । तस्बिरः इलिट जोशी
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...