२० तस्बिरमा हेर्नुस् गढीमाईका रङहरू
गढीमाई मेलामा दिइने पशुबलिका आलोचक बढ्दैछन् । तर त्यसले गढीमाईको पशुबलि घटेको छैन ।

गढीमाई मेलामा दिइने पशुबलिका आलोचक बढ्दैछन् । तर त्यसले गढीमाईको पशुबलि घटेको छैन ।
गढीमाई पञ्चवर्षीय मेला मूल व्यवस्थापन समितिका अनुसार यसपटक ८ हजार भन्दा बढी राँगा र अनगिन्ति बोका र पंक्षीहरूको बलि दिइएको छ । यो आँकडा २०७१ सालको मेला भन्दा बढी हो ।
५ वर्ष अघिको मेलामा ५ हजार हाराहारीमा राँगा बलि दिइएको थियो । पशु अधिकारकर्मीहरूको हस्तक्षेप तथा २०७३ मा सर्वोच्च अदालतको परमादेशले यहाँ चलिआएको चलनमा खासै असर पारेको देखिएन ।
अघिल्लो मेलासँग तुलना गर्दा बलि चढेका राँगाको संख्या यसपटक तीन हजारले बढेको गढीमाई पञ्चबर्षीय मेला मूल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुसवाहा अनुमान गर्छन् । तर यकिन तथ्याङ्क आइनसकेको उनको भनाई छ । रसिद आइनसकेकोले बलि दिइएका राँगाको विवरण आउन समय लाग्छ ।
गढीमाई मेलाको विशेषता पशुपंक्षी बलि नै हो । यहाँ ठूलो संख्यामा राँगा, खसी, बोका, कुखुरा, हाँस, परेवाको बलि दिइन्छ । राँगाबाहेकका बलि भाकल गर्नेले गढीमाई क्षेत्रको सिमानाभित्र पायक पर्ने ठाउँमा स्वतस्फूर्त बलि दिने चलन छ ।
यो पनि पढ्नुस्ः गढीमाई मेलामा पशुबलिको विरोध हुँदै, तर दर्शनार्थी झन् थपिँदै
राँगालाई भने गढीमाई परिसरमा बनाइएको साढे २ विघा क्षेत्रफलमा जम्मा पारेर बलि दिइन्छ । "बलि दिने प्रथाले यस शक्तिपीठमा दर्शनार्थीहरूले भाकल गरेर मनोकामना पूरा भएको विश्वासमा हजारौंको बलि दिने गरेका छन्", मन्दिरका पुजारी मंगल चौधरी भन्छन्, "यो परम्पराको विभिन्न पक्षले विरोध गर्दै रोक्ने अभियान चलाएपनि बलि दिनेको संख्या घटेको छैन ।’
हेर्नुस् सरोज बैजुले गढीमाईमा खिचेका तस्बिरहरूः