स्वर्ण सेल्फी
तर भुटानविरुद्ध नेपालले दोस्रो गोल गरेसँगै खेल मैदानमा अनौठो दृश्य देखियो । त्यो हो– नेपाली खेलाडीको सेल्फी ।

१३औँ सागमा पुरुष फुटबलतर्फ फाइनल हेर्न पुगेका प्रशंसकहरू प्राय: सबैले मोबाइल बोकेका थिए । सामाजिक सञ्जालमा रुचि राख्नेहरूले सेल्फी खिचेरै जित्दाको खुसी पोस्ट गरे । दर्शकदीर्घामा सेल्फी खिचिरहेका प्रशस्तै देखिन्थे ।
तर भुटानविरुद्ध नेपालले दोस्रो गोल गरेसँगै खेल मैदानमा अनौठो दृश्य देखियो । त्यो हो– नेपाली खेलाडीको सेल्फी । दर्शकले दिएको मोबाइल लिँदै खेलाडी विक्रम लामाले जब गोलकर्ता सुनिललाई बीचमा राखेर सेल्फी खिचे, रंगशालाको माहोल नै अर्कै बन्न पुग्यो । रेफ्रीले पहेँलो कार्ड पो दिने हुन् कि भनी कतिले शंका पनि जताए । त्यस्तो केही भएन ।
नेपालको भुटानविरुद्ध २–१ गोलको जित अन्तरसँगै रंगशाला गुञ्जायमान भयो । हिप..हिप...हुर्रे..., यो जीत कसको नेपालको ।