आगो ताप्दै परीक्षा
माैसमी पात्रोको परीक्षामा यसपालि हुम्लाका विद्यालय प्रशासनहरू आफैँ फेल भए । त्यसको मूल्यचाहिँ हुम्ली नानीबाबुहरूले चुकाउनुपर्यो ।

माैसमी पात्रोको परीक्षामा यसपालि हुम्लाका विद्यालय प्रशासनहरू आफैँ फेल भए । त्यसको मूल्यचाहिँ हुम्ली नानीबाबुहरूले चुकाउनुपर्यो ।
पोहोरसम्म हिमपात हुनुअघि मंसिर पहिलो साताभित्रै वार्षिक परीक्षा चलाइन्थ्यो । यसपालि सिमकोट गाउँपालिकाले २७ मंसिरबाट एक सातासम्मका लागि वार्षिक परीक्षा तय गर्यो । २६ मंसिर साँझदेखि लगातार हिमपात भयो । सदरमुकाम सिमकोट वरिपरिका रूख र जमिन सेताम्मे बने । समुद्री सतहदेखि १ हजार मिटर उचाइसम्म हिमपात भएपछि चिसो बढ्ने नै भयो ।
बालमन्दिर माविमा ३ फिटसम्म हिउँ परेको छ । विद्यालय नै हिउँमा पुरिएपछि विद्यार्थीलाई समस्या नहोस् भनेर परीक्षा हलकै एक कुनामा आगो ताप्ने व्यवस्था गरिएको छ । प्रधानाध्यापक कैलाश रोकाया भन्छन्, “विद्यार्थीहरू आगो ताप्दै परीक्षा दिइरहेका छन् ।”
शिक्षक मधु शाहीका अनुसार सिमकोट आसपास बाक्लो हिउा जमेपछि विद्यार्थीलाई विद्यालय आउजाउ गर्नै समस्या छ । अपांगता भएका केहीको पहिलो दिनको परीक्षा नै छुट्यो । अरूले पनि काम्दै परीक्षा दिए । कक्षा ८ का तेजिन लामाले हिउँमा हिँड्न नसक्दा परीक्षा छुटेको सुनाए । उत्तरी हुम्लाका धेरैजसो बासिन्दाले यसअघि नै गाउँ छाडिसकेका छन् ।
रिजल्ट आउँदासम्म बस्तीमा पक्कै न्यानो फर्किसकेको हुनेछ । परीक्षाका बेला हिउँ पर्यो भनेर कसलाई दु:ख बेसाउनु ! हिउँ छल्दै जाँचमा होमिइरहेका हुम्ली नानीबाबुहरूको हाल यस्तै छ ।