साताका ७ तस्बिर
साताका ७ तस्बिरमा चन्द्रागिरिबाट देखिएको स्वयम्भूको दृश्यदेखि जाडो छल्न आगो ताप्ने महानगरबासीसम्म ।

केही दिनदेखि पानी परेपछि राजधानी काठमाडौंसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना छ । जाडो बढेपछि न्यानो खोज्न मानिसहरू आगो तापिरहेका भेटिन्छन् । तस्बिरमा काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाको कपनमा आगो ताप्दै गरेका सर्वसाधारण । तस्बिरः सरोज बैजु
काठमाडौँको स्वयम्भूमा भएको 'स्वयम्भू महोत्सव' मा आयोजित फोटो प्रदर्शनीमा आएकी वृद्धा । समुदाय–प्रहरी साझेदारी काठमाडौं महानगरपालिका १५ को आयोजनामा भएको महोत्सवमा नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौँले फोटो प्रदर्शनी राखेको थियो । बौद्ध धर्मावलम्बीको केन्द्र स्वयम्भू र यसआसपासबाट खिचिएका ५० तस्बिरहरू प्रदर्शनीमा राखिएको थियो । तस्बिरः सरोज बैजु
स्वयम्भू भगवानपाउस्थित भुइख्यबाट देखिएको स्वयम्भू चैत्य । चैत्य वर भुइख्यामा राष्ट्रिय झण्डा फर्फराईरहेको देखिन्छ । तस्बिरः सरोज बैजु
फोटो जर्नलिस्ट क्लबद्वारा आयोजित नेपालको सबैभन्दा ठूलो पुरस्कार राशीको फोटो प्रतियोगिता घोषणा कार्यक्रम । माघ १५ सम्म प्रतियोगिताका लागि फोटो पठाउन सकिन्छ । प्रतियोगितामा फोटो पत्रकारहरू तथा सर्वसाधारणले पनि सहभागिता जनाउन सक्छन् । वर्षको उत्कृष्ट फोटोले एक लाख रुपैयाँ, पहिलो हुनेले ३० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा पीजे क्लबको वेबसाइटबाट फोटो पठाउन सकिन्छ । तस्बिरमा फोटो किताब विमोचन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पीजे क्लबका अध्यक्ष विकास कार्कीसहित । तस्बिरः सरोज बैजु
काठमाडौँको सेतोपुल नजिकै भाँडा उद्योगमा तामा गाग्रो बनाउँदै कामदार । हाल यस्ता गाग्राहरू प्रचलनमा नभए पनि विवाहमा दाइजो दिन भने यसको प्रयोग हुने गर्छ । तस्बिरः सरोज बैजु
भ्रमण वर्ष २०२० को अवसरमा पर्यटक आकर्षित गर्न काठमाडौँको बौद्धनाथ स्तुपा परिसरमा निर्माण गरिएको यतीको मस्कट । भ्रमण वर्षलाई ब्रान्डिङ गर्न सरकारले यतीको मस्कटलाई मुख्य मस्कट बनाएको छ । तस्बिरः सरोज बैजु
र, काठमाडौँको स्वयम्भूमा भएको 'स्वयम्भू महोत्सव' मा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ध्यानपूर्व फोटो हेरिरहेको तस्बिर माथि हेर्नुभयो । उनले हेरिरहेको फोटोमा स्वयम्भू चैत्य देखिन्छ । तर स्वयम्भूको यो फोटो चन्द्रागिरिबाट खिचिएको हो । हेर्नुस् महोत्सवमा राखिएको सरोज बैजुको तस्बिरः