साताका ७ तस्बिर
साताका ७ तस्बिरमा माघीको रमाइलोदेखि बन्दै गरेको धरहरासम्म ।

साताका ७ तस्बिरमा माघीको रमाइलोदेखि बन्दै गरेको धरहरासम्म ।
शुक्रबार दिनभर काठमाडौंसहित मुलुकका विभिन्न स्थानमा झरी परिरह्यो । झरीमा पनि यात्रा गर्नैपर्यो । काठमाडौंको थापाथलीमा यी यात्रुहरू बस पर्खिँदैछन् । तस्बिरः सरोज बैजु
सडक बनेका छन्, सडकमा ट्राफिक चिह्नहरू छन्, डिभाइडर पनि छन् । तर मानिसहरू यी डिभाइडर उक्लेर बाटो वारपार गर्छन् । तस्बिरमा देखिएको दृश्य ललितपुरको एकान्तकुनाको हो जहाँ डिभाइडर माथिबाट पैदल यात्रु बाटो काट्दै गरेको देखिन्छ । ८ लेनको यो सडकमा जथाभावी बाटो काट्दा धेरै दुर्घटना हुने गरेको छ । तस्बिरः सरोज बैजु
०७२ सालको विनाशकरी भूकम्पले धरहरा भत्कायो । यहीँ ठाउँमा थियो धरहरा । यहाँ फेरि धरहरा बन्न थालेको छ । धरहरा बनाउन काममा खटिएका कामदारहरू तस्बिरमा देखिन्छन् । फोटोः सरोज बैजु
राप्रपा अध्यक्ष कमल थापाको चियापानको निम्तो मान्न पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा थापासँग गफिँदै । पृथ्वीनारायण शाहको २९८ औं जन्म जयन्तीको अवसरमा २७ पुसमा राप्रपाले भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा चियापान कार्यक्रम गरेको थियो । तस्बिरः सरोज बैजु
काठमाडौंको टुँडिखेलमा माघ १ गते आयोजित माघी महतोत्सवमा काखमा नानी बोकेर रमाउँदै गरेकी महिला । जातीय भेषभूषा, झाँकी र नाचगानले टुँडिखेल खचाखच थियो । तस्बिरः सरोज बैजु
राजधानीको सार्वजनिक सवारी साधनको हाल यस्तै छ । काठमाडौंको रत्नपार्कमा बानियाँटार जाने गाडी कुर्दै गरेका यात्रुहरू । तस्बिरः सरोज बैजु
यी बालिका माघे संक्रान्तिको अवसरमा काठमाडौंको नक्सालमा तरुल किन्न आएकी थिइन् । नेपालका फोटोपत्रकार सरोज बैजुले उनको पोट्रेट फोटो खिचेका छन् ।