दिल्ली दंगा : फासीवादको अभ्यास
भारतको राजधानी दिल्लीका सडकमा भड्केको हिंसा रोक्ने, क्षति कम गर्ने र शान्ति स्थापना गर्ने प्रयत्न किन भएन ?
पेसाले किरियापुत्री हुन्, नवराज बडाल । आफन्त गुमाएका शोकसन्तप्त परिवारका लागि यी २४ वर्षे युवा नौ वर्षयता किरियापुत्री बस्दै आएका छन् । सन्तान नभएका वा बस्न नसक्नेका लागि निश्चित रकम दिएर यस्ता किरियापुत्री नियुक्त गर्ने चलन छ । यसरी पैसा लिएर किरिया बसिदिने पेसामा आम्दानी राम्रो भए पनि समाजले सहज रूपमा स्वीकारेको अवस्था भने छैन । रोविक उपाध्यायले खिचेका थप तस्बिर र तस्बिर कथा हेर्नुहोस्
ललितपुरको शंखमुलमा मलखाद खन्दै गरेका कामदार । कृषिकर्मका लागि मलिलो माटो रहेको राजधानीमा कृषियोग्य जमिन निकै घटेको छ । तस्बिरः सरोज बैजु
भारतको दिल्लीमा नागरिकता संशोधन ऐनविरुद्ध भएको प्रदर्शनमा सहभागीमाथि आक्रमण गर्दै ऐनका समर्थकहरू । दिल्लीमा भड्केको हिंसामा ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । तस्बिरः देनिश सिद्धिकी/रोयटर्स
यो पनि पढ्नुस
भारतको राजधानी दिल्लीका सडकमा भड्केको हिंसा रोक्ने, क्षति कम गर्ने र शान्ति स्थापना गर्ने प्रयत्न किन भएन ?
तिब्बती नयाँ वर्षको पूर्व सन्ध्यामा ल्होसार मनाउन काठमाडौंमा आयोजित कार्यक्रममा परम्परागत नृत्य प्रस्तुत गर्दै तिब्बतीहरू । तस्बिरः मोनिका देउपाला/रोयटर्स
तत्कालीन विद्रोही माओवादीको गोली लागेर अपांग भएका दाङका रामजी थारु बैसाखीको सहारामा । तुलसीपुर उपमहानगर–१७ दाङका थारु किसानी गर्थे । उनलाई राज्यपक्ष र विद्रोहीबीचको द्वन्द्वले अपांग बनायो । ११ जेठ ०५५ राती आएका ६/७ माओवादीलाई घरमै बस्न दिए । खाना खुवाए । सुरक्षाकर्मीको त्रासले माओवादीलाई पठाएर सुत्ने योजनाअनुसार उनी माथिल्लो तलामा गए । माओवादीले हतियार मिलाएर राख्ने क्रममा एउटा बन्दुक पड्कियो र थारुको दायाँ खुट्टामा गोली लाग्यो । दुर्गालाल केसीका थप तस्बिर तथा द्वन्द्वको मानसिक पीडाबारेको स्टोरी पढ्नुहोस् ।
ऐनामा देखिएको बौद्धनाथ स्तुपाको छाया । बौद्धनाथ स्तुपानजिकैको घरको भित्तामा रहेको ऐनमा छाया देखिएको हो । तस्बिरः सरोज बैजु
काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्मा जारी फोटो प्रदर्शनी अवलोकन गर्दै नायिका सुरक्षा पन्त । १५ फागुनमा सुरु भएको प्रदर्शनी २० फागुनसम्म जारी रहनेछ । प्रदर्शनीमा पीजे क्लबले गरेको नेपाल फोटो प्रतियोगिता २०७६ मा उत्कृष्ट भएका १७५ फोटो राखिएका छन् । तस्बिरः सरोज बैजु