कुकुरको महँगो शवयात्रा
‘क्याप्टेनको बिदाइ विशेष नै बनाउनुपर्ने थियो । अरुका लागि ऊ एउटा कुकुर थियो होला तर मेरा लागि सन्तान थियो । ऊ मेरो सबथोक थियो । उसलाई म जीवनभर सम्झिनेछु ।’–सासा स्माजिक
बेलायत, अक्टनकी सासा स्माजिक, ३७, ले मृत कुकुरको सम्मानमा महँगो शवयात्रा गरेकी छन् । बग्गी, सेता परेवा, फोटो र झकिझकाउ सजावटसहितको शवयात्रामा ४ हजार २ सय ४९ स्टर्लिङ पाउन्ड खर्च गरिएको विदेशी सञ्चार माध्यमले लेखेका छन् । पशु चिकित्सकको सहयोगमा बग्गीमा राखी कुकुरलाई उसको प्रिय पार्कमा लगेर समाधिस्थ गरिएको हो ।
गत क्रिसमसमा हृदयाघातका कारण क्याप्टेन नामक कुकुर मरेपछि शोकसन्तप्त सासाले एक सातासम्म खानासमेत खाइनन् । उनले भनेकी छन्, ‘क्याप्टेनको बिदाइ विशेष नै बनाउनुपर्ने थियो । अरुका लागि ऊ एउटा कुकुर थियो होला तर मेरा लागि सन्तान थियो । ऊ मेरो सबथोक थियो । उसलाई म जीवनभर सम्झिनेछु ।’
सासाले सात महिने क्याप्टेनलाई पशु उद्धार केन्द्रबाट घर लगेकी थिइन् । लजालु र बफादार क्याप्टेन सासाको परिवारमा सबैको प्यारो थियो । कुनै पनि जनावरलाई पाल्दा पशुजस्तो होइन, पारिवारिक सदस्यझैँ माया गरेर हुर्काउनुपर्ने उनको धारणा छ ।
तस्बिरमा हेर्नुहोस् : क्याप्टेनको शवयात्रा
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...