जेएनयूमा जे भयो
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?
भारतको राजधानी दिल्लीस्थित जवारलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक घटनामा कयौँ विद्यार्थी र शिक्षकहरू घाइते भएका छन् । भारतीय मिडियाहरूका अनुसार ठूलो संख्यामा रहेका नकावधारीहरूले आइतबार जेएनयू क्याम्पस तथा होस्टेलभित्र छिरेर विद्यार्थीहरूमाथि सांघातिक हमला गरेका थिए ।
प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले करिब ५० भन्दा बढीको संख्यामा जेएनयूभित्र छिरेका नकावधारीहरूले रड तथा लठ्ठी बोकेको जनाएको छ । क्याम्पसमा छिर्ने बित्तिकै यी व्यक्तिहरूले विद्यार्थीहरूमाथि हमला गरेका थिए । आक्रमणपछि उनीहरू समूहमै बाहिरिएको भिडियोमा देखिन्छ ।
The mob is leaving in style, courtesy @DelhiPolice and #JNU administration.
Can't believe this sight#StandWithJNU pic.twitter.com/ibXPZE1ntP
— Rajesh Mahapatra (@rajeshmahapatra) January 5, 2020
दिल्ली सरकारले घाइतेहरूलाई अस्पताल लैजान ७ वटा एम्बुलेन्स पठाएको छ । १० वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको समाचारमा जनाइएको छ ।
जेएनयूको मुख्य द्वारमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । क्याम्पसमा विद्यार्थीहरूमाथि सांघातीक हमला हुँदासमेत प्रहरी मुकदर्शक बनेको भन्दै दिल्लीस्थित प्रहरी मुख्यालयमा विद्यार्थीहरूले प्रदर्शनसमेत गरेका छन् ।
विद्यार्थीहरूमाथि आक्रमण भएपछि जेएनयूको मूल गेटमा जम्मा भएको भीड । तस्बिरः newslaundry
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले प्रहरीलाई उद्धृत गर्दै घटनापछि जेएनयू क्याम्पसको अवस्था नियन्त्रणमा रहेको जनाएको छ ।
भारतको गृह मन्त्रालयले ट्वीटरमार्फत् गृह मन्त्री अमित शाले दिल्ली प्रहरीलाई घटनाको तत्काल अनुसन्धान गरी कारबाही गर्न निर्देशन दिएका छन् ।
Union Home Minister has spoken to Delhi Police Commissioner over JNU violence and instructed him to take necessary action. Hon’ble minister has also ordered an enquiry to be carried out by a Joint CP level officer and asked for a report to be submitted as soon as possible.
— गृहमंत्री कार्यालय, HMO India (@HMOIndia) January 5, 2020
भारतको विदेशमन्त्री जयशंकरले ट्वीटरमा भनेका छन्- ‘जेएनयूमा भएको हिंसाको निन्दा गर्दछु । यो विश्वविद्यालय परम्परा र संस्कृतिविरुद्ध छ ।‘ जयशंकर जेएनयूका पूर्व विद्यार्थीसमेत हुन् ।
Have seen pictures of what is happening in #JNU. Condemn the violence unequivocally. This is completely against the tradition and culture of the university.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 5, 2020
कसरी भयो घटना ?
जेएनयूको होस्टेलमा हालै भएको शुल्कवृद्धिविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरिरहेका थिए । विद्यार्थी आन्दोलन चलिरहेका बेला शनिबारको हिंसात्मक घटना भएको हो । यो घटनाको कसैले जिम्मेवारी लिएको छैन तर घाइते विद्यार्थीहरूले सत्तारुढ भारतीय जनता पार्टीको निकट विद्यार्थी संगठनमाथि औँला उठाएका छन् ।
यो पनि पढ्नुस्ः असहिष्णुताको बाटोमा जेएनयू
भारतीय समाचार संस्था एएनआईको भिडियोमा क्याम्पसका विद्यार्थीहरू ‘एबीभीपी गो ब्याक’ को नारा लगाउँदै गरेका देखिन्छन् । एबीभीपी अर्थात् अखिल भारतीय विद्यार्थी परिषद् सत्तारुढ भारतीय जनता पार्टीको विद्यार्थी संगठन हो ।
#WATCH Delhi: Jawaharlal Nehru University Students' Union president & students attacked by people wearing masks on campus. 'What is this? Who are you? Step back, Who are you trying to threaten?... ABVP go back,' can be heard in video. (note: abusive language) pic.twitter.com/gYqBOmA37c
— ANI (@ANI) January 5, 2020
जेएनयूका पूर्व विद्यार्थीसमेत रहेका कन्हैया कुमारले ट्विटरमा लेखेका छन्- यो सरकार कति बेसरम छ । पहिला शुल्क बढाउँछ । विद्यार्थीले विरोध गरे पनि प्रहरी लगाएर पिटाउँछ । र, पनि विद्यार्थीहरू झुक्दैनन् । तब आफ्ना गुन्डा पठाएर हमला गराउँछ ।
कितनी बेशर्म सरकार है, पहले फ़ीस बढ़ाती है, विद्यार्थी विरोध करें तो पुलिस से पिटवाती है और छात्र तब भी ना झुके, तो अपने गुंडे भेजकर हमला करवाती है। जब से सत्ता में आए हैं, तब से देश के हर कोने में देश के विद्यार्थियों के ख़िलाफ़ इन्होने जंग छेड़ रखी है।
— Kanhaiya Kumar (@kanhaiyakumar) January 5, 2020
घाइतेहरूले आफूहरूमाथि अखिल भारतीय विद्यार्थी परिषद्ले आक्रमण गरेको आरोप लगाएको समाचार पोर्टल वायरले उल्लेख गरेको छ । गत शनिबार पनि क्याम्पसमा ढुंगा प्रहार भएको समाचारमा जनाइएको छ । विद्यार्थीहरूलाई उद्धृत गर्दै वायरको समाचारमा एबीभीपीका सदस्यहरू क्याम्पसमा शुल्क वृद्धिको विरोधमा भएको प्रदर्शनमा सहभागी विद्यार्थीहरूलाई खोज्दै हिँडेका थिए ।
साँझ करिब ६ बजेर ५० मिनेट होस्टेलमा तोडफोड सुरु भएको र आफूले २५/३० जनालाई त्यहाँ देखेको ज्योति नामकी विद्यार्थीले एउटा भिडियोमा बताएकी छन् ।
The eyewitness account from #JNU.
Location: Outside Sabarmati hostel. pic.twitter.com/Ugrdqez5OY
— Akif عاکف (@khaans) January 5, 2020
घाइते विद्यार्थीहरूले भारतीय जनता पार्टीको विद्यार्थी संगठन घटनामा संलग्न भएको आरोप लगाए पनि सत्तारुढ भाजपाले ट्वीटरमार्फत घटनाको भत्सर्ना गरेको छ ।
‘जेएनयू क्याम्पसमा भएको हिंसाको हामी भत्सर्ना गर्दछौँ । आफ्नो खस्किएको राजनीतिक पदचिह्न जोगाउन अराजक शक्तिले विद्यार्थीहरूलाई शिकार बनाउन खोजेको छ । विश्वविद्यालयहरू शिक्षा र सिकाइका केन्द्र रहनुपर्छ ।‘ भाजपाको ट्वीट कोप्रति लक्षित हो प्रष्ट छैन ।
We strongly condemn the violence on JNU campus. This is a desperate attempt by forces of anarchy, who are determined to use students as cannon fodder, create unrest to shore up their shrinking political footprint. Universities should remain places of learning and education.
— BJP (@BJP4India) January 5, 2020
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले समेत अध्ययनको पवित्र स्थललाई जोगाउँ भन्दै ट्वीटर गरेका छन्। भट्टराई पनि जेएनयूका पूर्व विद्यार्थी हुन् ।
My heart-felt solidarity with my alma mater JNU! Please save this holy temple of learning! https://t.co/Uedm0Rbh2t
— Baburam Bhattarai (@brb1954) January 5, 2020
प्राज्ञिक अनुसन्धान र खुला अन्तरक्रियामा ख्याति कमाएको जेएनयू सत्तामा भारतीय जनता पार्टीको उदयसँगै पटकपटक निशानामा पर्दै आएको छ ।
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...