भर्चुअल जोडी
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा पुस्तालाई रेस्टुराँमा आकषिर्त गर्न कोलोनेललाई नयाँ स्वरुपमा प्रस्तुत गरेको केएफसीको दाबी छ ।
अमेरिकी चेन केन्टकी फ्राइड चिकेन(केएफसी) का परिकार खाँदा बट्टामा दाह्रीवाल अधबैंसेको कार्टुन पक्कै हेक्का होला । कार्टुनमा अंकित व्यक्ति केएफसीकै संस्थापक कोलोनेल स्यान्डर्स हुन् । केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा पुस्तालाई रेस्टुराँमा आकषिर्त गर्न कोलोनेललाई नयाँ स्वरुपमा प्रस्तुत गरेको केएफसीको दाबी छ ।
झट्ट हेर्दा वास्तविक लागे पनि फुलेको दाह्री र ट्याटुमा सजिएका सुगठित कोलोनेल कम्प्युटरबाट बनाइएका कृत्रिम युवा हुन् । ती युवाको पेटमा 'सफलताका लागि गोप्य विधि’ लेखिएको ट्याटु छ ।
कम्पनीले केही दिनअघि मात्र इन्स्टाग्रामको खाता परिवर्तन गर्दै नयाँ व्यक्तिको फोटोलाई प्रोफाइलमा राखेको थियो । उसका अरु धेरै तस्बिरसँगै भर्चुअल प्रेमिका डेनीको समेत छ । संस्थापकको भर्चुअल फोटो लगालग इन्स्टाग्राममा सार्वजनिक गर्न थालेपछि पारखी दुई मतमा विभाजित छन् । कतिपय प्रशंसक कोलोनेललाई जवान स्वरुपमा देख्दा दंग छन् भने कतिपय खिन्न ।
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...