सीको असफल बिहे
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति सी चिनफिङको सरकारले उच्च सम्मानका लागि ऊनको बिदाइ कार्यक्रम गरिरहेको थियो ।
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति सी चिनफिङको सरकारले उच्च सम्मानका लागि ऊनको बिदाइ कार्यक्रम गरिरहेको थियो । ख ह्वा तिनै व्यत्ति हुन्, जो कुनै बेला राष्ट्रपति सीका ससुरा पर्थे ।
चीनका लागि लामो कूटनीतिक सेवा गरेका ख ह्वा उमेरका हिसाबले पनि शतक काटेका थिए । जतिखेर उनी बेलायतका लागि चिनियाँ राजदूतको कार्यभार सम्हालिरहेका थिए, कान्छी छोरी ख लिङलिङले सी चिनफिङसँग बिहे गरेकी थिइन्, सन् १९७९ मा । त्यतिखेर सी फुच्येन प्रान्तको गभर्नरका रुपमा कार्यरत थिए । हालकी श्रीमती फङ लीयुआनको सर्वत्र चासो र चर्चा भए पनि ख लिङलिङबारे धेरै चिनियाँ अनभिज्ञ छन् ।
त्यसमाथि सी चिनफिङ भनेको विश्वस्तरीय नेता, जसको कुना–कुनामा के गतिविधि हुन्छ भन्ने चासो आम मानिसमा हुने नै भयो । सीका बारे चासो राख्नेहरुले उनको पहिलो बिहे सम्बन्धमा पनि जिज्ञासा राख्ने नै भए । एउटा अर्थमा भन्ने हो भने ’पूर्वपत्नी’ नै भइसकेको, बितेको विषयमा मानिसले त्यति वास्ता नगर्नु पनि असान्दर्भिक होइन ।
ख लिङलिङ पनि स्वावलम्बी नारी हुन् । चिनियाँ अनलाइनका अनुसार उनी लन्डनको एउटा निजी अस्पतालमा वरिष्ठ निर्देशक हुन् । लन्डन युनिभर्सिटीमा ओरिएन्टल एन्ड अफ्रिकन चिकित्सा स्कुलकी भिजिटिङ प्रोफेसर पनि हुन् । मुस्किलले उनीसँग पश्चिमा मिडियाले साक्षात्कार गर्ने अवसर पाउने रहेछन् । चाइना डिजिटल टाइम्स अनलाइनमा उनी सम्बन्धित थोरै सामग्री सार्वजनिक छन् । यद्यपि यस विषयलाई लिएर चिनियाँ सञ्चार माध्यमले नक्कली भन्ने टिप्पणी गरेको पनि सुनिन्छ ।
चीनमा सहजै नखुल्ने द्विभाषिक अनलाइनमा बताइएअनुसार उनले सी चिनफिङ चीनको राष्ट्रपति बनेकामा खुसी व्यक्त गर्दै कुनै दिन राष्ट्रपति बन्लान् भन्ने नसोचेको बताइन् । उनले भनिन्, ’तर उनी निकै आदर्शवान र क्षमतावान थिए । त्यतिखेर मैले थाहा पाइनँ कि उनको प्रतिभा केका लागि उपयोगी हुन्थ्यो ।’
बिहेको ३ वर्ष अर्थात् १९८२ मा सी चिनफिङ र ख लिङलिङको सम्बन्धविच्छेद भयो । उनको अर्को नाम ख स्याउ मिङ हो । सन् १९८० को दशकदेखि नै उनी बेलायतमा बस्दै आएकी छन् । आफ्ना पूर्वपतिबारे मूल्यांकन गर्दै उनले इमानदार छवि तर जिद्दी स्वभावको भन्छिन् । सम्भवतः लामो समय सहयात्रा नगरेकाले उनले साँच्चै नै चिन्न सकिनन् ।
परम्परावादी चीनमा त्यस समय पारपाचुके उति सामान्य थिएन । हालको पाका पुस्ताले समेत नयाँ पुस्ताले गर्ने दोस्रो बिहेमा भाग लिन हिच्किचाउँछ । अहिलेको पुस्ता निकै उदार र खुलस्त भएकाले सहजै बिहे वा पारपाचुके गर्ने गरेको पाइन्छ ।
’फर्किएर हेर्दा धेरै कुरा जे–जति उनले गरेका थिए, वास्तवमा ती सही थिए । तर म त्यतिखेर सानै र संवेदनशील थिएँ । ऊनी निस्क्रिय बस्ने खालका व्यक्ति थिएनन्, योजनाअनुसार केही न केही गरिरहेका हुन्थे ।’ बरु आफूलाई निस्क्रिय करार गर्दै उनले भनिन्, ’अन्ततः महिलाले त्यस्ता पुरुष मन पराउँछन्, जसले रोमान्स भन्ने कुरा बुझ्छन् । सी त्यस्ता थिएनन् । प्रायः मलाई लाग्थ्यो, उनी खुलस्त छैनन् ।’
बिहे गरेको वर्षदेखि नै सी र खबीच मनमुटाव चलिरह्यो । चिनियाँ मिडियामा सीको पूर्वपत्नीसम्बन्धी कुनै पनि सामग्री भेटिँदैनन् । तर पश्चिमा मिडियाका अनुसार बिहेपछिका दिनमा उनीहरुबीच लगातार झैँझगडा हुने गर्थ्यो । उनीहरुको बिहेले धेरै लामो समय काट्न सकेन । अन्ततः तीन वर्षमै शक्तिशाली राष्ट्रपति सी चिनफिङको पहिलो बिहे अन्त्य हुन पुग्यो ।
सी चिनफिङले यो सम्बन्ध जोगाइराख्न प्रयत्न गरे पनि सकेनन् । उनले सार्वजनिक जीवन र आफ्नो जिम्मेवारीमा निरन्तर रहेकाले त्यसतर्फ पर्याप्त ध्यान दिन नपाएको पनि हुन सक्छ । हुन त जनगणतन्त्रका प्रवर्तक नेता माओका पनि ४ पत्नी थिए, भनिन्छ । अगुवा नै भएकाले पनि हुन सक्छ, बिस्तारै यो क्रम अरु नेताहरुमा पनि सर्दै गयो र क्रमशः यस्तो कुरा पचाउन थालियो । तथापि सन् २००० अघिसम्म चीनमा पारपाचुके भन्ने शब्द लोकाचारका हिसाबले त्यति खुलस्त मानिन्थेन ।
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...