सडकमा चरा आतंक
हजारौँ चराको झुन्डले अमेरिकाको टेक्सासस्थित अस्टिनको मुख्य सडकलाई अस्तव्यस्त बनाइदिएको छ । गत जनवरी २८ मा ती चरा भुरुरु उडेर सडकका रेलिङमा बसे र ट्राफिक खुल्नासाथ कोकोहोलो मच्चाउँदै गाडी आउजाउमा बाधा पुर्याए ।

हजारौँ चराको झुन्डले अमेरिकाको टेक्सासस्थित अस्टिनको मुख्य सडकलाई अस्तव्यस्त बनाइदिएको छ । गत जनवरी २८ मा ती चरा भुरुरु उडेर सडकका रेलिङमा बसे र ट्राफिक खुल्नासाथ कोकोहोलो मच्चाउँदै गाडी आउजाउमा बाधा पुर्याए । त्यस्तो अवस्थालाई सञ्चार माध्यमले ‘ बर्ड–एपोकालेप्से’ नाम दिएका छन् । एक प्रत्यक्षदर्शी भन्छन्, ‘म साथीसँगै कारमा थिएँ । अकस्मात् चराले मुख्य सडकमा आएर बाटो नै छेक्न थालेपछि गाडी गलत लेनमा जान थाले ।’ त्यो दृश्य अनौठो र अत्यासलाग्दो रहेको उनले बताए ।
अमेरिकामा सारौँका यस्तै झुन्डका कारण बेलाबखत अनेक घटना हुने गरेका थिए । सारौँ सिकारीबाट बच्न एक गट्ठा हुने गरेको विज्ञहरु बताउँछन् । जाडोयाममा देखिने सारौँको यस्तै झुन्ड कहिलेकाहीँ एक लाखसम्मको संख्यामा हुन्छन् । चराले अस्ताउँदो सूर्यप्रकाश छेक्दा मनमोहक दृश्यसमेत देखिएकाले कतिपय गाडीबाट ओर्लिएर मोबाइलमा कैद गर्न व्यस्त थिए ।