‘डुप्लिकेट’ हिटलरको दु:ख
१५ वर्षयता हिटलरको अभिनय गर्दै आइरहेका निल १० मिनेट काम गरेबापत पाँच सय स्टर्लिङ पाउन्ड कमाउँछन् । धेरैजसो टेलिभिजन सो र फिल्ममा कमेडी भूमिका वहन गर्दै आएका उनलाई अनौठा–अनौठा कामको प्रस्ताव आउँछन् ।

पेसाले व्यावसायिक नर्स बेलायती नागरिक निल होल्मस्, ५५, को खास काम आफ्नै कार्यालयमा कामदारले काम गरे/नगरेको चियो गर्नु हो । बिहान ९ देखि बेलुकी ५ बजेसम्मको यो अनौठो नियमित कामबारे उनले धेरैलाई बताएका छैनन् । तर योभन्दा पनि उनी ‘हिटलरको डुप्लिकेट’ का रुपमा चिनिन्छन् ।
१५ वर्षयता हिटलरको अभिनय गर्दै आइरहेका निल १० मिनेट काम गरेबापत पाँच सय स्टर्लिङ पाउन्ड कमाउँछन् । धेरैजसो टेलिभिजन सो र फिल्ममा कमेडी भूमिका वहन गर्दै आएका उनलाई अनौठा–अनौठा कामको प्रस्ताव आउँछन् ।
एकपटक उनलाई एक मानिसले सम्पर्क गरेर आफ्नो बाबुको बिहेमा हिटलरले झैँ भाषण गरिदेऊ भनेछन् । तिनी हिटलर र विस्टन चर्चिलजस्तै देखिने मानिस लिएर बाबुको बिहे गरिदिने सोचमा रहेछन् । अझ एकपटक केही स्कुलले उनलाई इतिहासको पाठ पढाउने समयमा हिटलरजस्तै भएर कक्षामा भाषण गरिदिन भनेछन् । तर ती प्रस्तावलाई उनले लत्याइदिए ।
बाल्यकालदेखि नै कलाकारितामा संलग्न उनले हिटलरको जस्तै पोसाक लगाएर एजेन्सीलाई फोटा पठाएको तीन सातामै कामको प्रस्ताव आएको बताए । भन्छन्, ‘मानिस मलाई साँच्चिकै हिटलर ठानेर तथानाम गाली गर्छन् ।’