१२ देश, १२ महिना, १२ बिहे
एकपटक बिहे गर्दा त झमेला हुन्छ भने क्यालिफोर्नियाको जोडी केन्जी र टेलर तानिगुचीले १२ पटक बिहे गर्न भ्याए । त्यो पनि १२ देशमा महिनैपिच्छे ।

एकपटक बिहे गर्दा त झमेला हुन्छ भने क्यालिफोर्नियाको जोडी केन्जी र टेलर तानिगुचीले १२ पटक बिहे गर्न भ्याए । त्यो पनि १२ देशमा महिनैपिच्छे । यो जोडीले साथीभाइ र परिवारसहितको जमघटमा पहिलो पटक क्यालिफोर्नियामा बिहे गरेको थियो भने पछि थाइल्यान्ड, जापान, इजरायल, इटाली, आयरल्यान्ड, क्युबा, इन्डोनेसिया लगायतका देशमा ।
तानिगुचीले पहिलो बिहेमा हजुरआमाको गाउन लगाएकी थिइन् भने अरु ठाउामा भिन्दै गाउन । त्यसो त, उनले पोसाकका लागि १७ हजार रुपैयाँभन्दा बढी खर्च गरेकी छैनन् । यो जोडीलाई बिहे गरेमध्ये मन परेको ठाउँचाहिँ जापान रहेछ । तानिगुची पेसाले ‘फ्लाइट अटेनडेन्ट’ हुन् भने केन्जी पादरी । केन्जी भन्छन्, ‘म मेरी पत्नीका लागि केही स्मरणीय काम गर्न चाहन्थेँ । उनी विभिन्न ठाउामा गएर बिहे गर्ने सपना देख्थिन् ।’