मान्छेजत्रो बन्दा
अस्ट्रेलियाली जोडी रोजमेरी नोरवुड र सिन काडमेनको नौमहिने कडा परिश्रमकै कारण करेसाबारीमा भीमकाय बन्दा हुर्कियो । झन्डै-झन्डै मानिस आकारको ।

अस्ट्रेलियाली जोडी रोजमेरी नोरवुड र सिन काडमेनको नौमहिने कडा परिश्रमकै कारण करेसाबारीमा भीमकाय बन्दा हुर्कियो । झन्डै-झन्डै मानिस आकारको ।
तासमानियामा बसोबास गर्दै आएको यो जोडी वर्षौंदेखि तरकारी खेतीमा छ । तर यस्तो भीमकाय बन्दा पहिलो पटक उब्जिएको रे । ७० वर्षीया रोजमेरी भन्छिन्, 'बन्दालाई टिप्नुअघि मैले यसको आकारबारे अनुमानै गरेकी थिइनँ ।’
उनको करेसाबारीमा यो सिजनमा केही काउली कामै नलाग्ने नै भएका थिए । तर बन्दाचाहिँ मज्जाले हुर्कियो । कीरा लाग्न थालेको संकेत पाएपछि उनीहरु गत महिना बन्दा टिप्न बाध्य भए । त्यो बन्दाले परिवार र आफन्तलाई तीन सातासम्म विभिन्न परिकार बनाउन पुगेको थियो ।
उनीहरुले करेसाबारीमा प्रांगारिक मल मात्रै प्रयोग गर्दै आएको सञ्चार माध्यमलाई बताएका छन् । बन्दा ठूलो हुनुमा मौसम र मलिलो माटोको देन रहेको उनीहरुको बुझाइ छ ।