अनुहारभरि महिनावारीको रगत
उनी के मान्छिन् भने मौसमझैँ महिनावारी पनि महिला अंगमा हुने परिवर्तन हो । उनी थप्छिन्, 'समाजमा यसलाई घिनलाग्दो काम मानिए पनि यो वास्तविकता हो ।’ आफ्नै रगतसँग खेल्दा यसले आफूलाई झनै निकट पारेको उनी सुनाउँछिन् ।

लस एन्जल्सकी दिमेत्रा नाइक्सले अरु महिलालाई महिनावारीकै कारण लज्जित नहुन भन्दै अचम्मको काम गरेकी छन्, आफ्नै महिनावारीको रगत पोतेर ।
वर्षौंदेखि आफ्नो महिनावारीलाई केटा साथीबाट लुकाएकी उनले आफूलाई निकै तनावमा भएको पाउँथिन्, त्यो समय । तर आफ्नो सोचमा परिवर्तन ल्याउँदै उनले महिनावारीलाई उत्सवको रुपमा मनाउन थालेकी छन् । उनले महिनावारीलाई जैविक चक्र मान्दै नजिकबाट फरक कोणले हेर्न थालेकी छन् । उनी महिनावारीलाई माया गर्दै यो 'सुन्दर र शक्तिशाली' भएको बताउँछिन् । उनी यो कुरालाई विश्वभरका महिलाले ग्रहण गर्नुपर्ने बताउँछिन् ।
यही सिलसिलामा उनले एक दिन महिनावारीको रगत जम्मा गर्दै आफ्नो अनुहार र शरीरमा छरेर त्यसका फोटा शृंखलाबद्ध रुपमा अनलाइनमा सेयर गरेकी छन् । उनी भन्छिन्, 'महिनावारी वास्तवमा जादूयी समय हो । यसमा शक्ति पनि हुन्छ तर हाम्रो समाजले यसलाई सधैँ टाढा राख्न खोज्छ ।’ उनी के मान्छिन् भने मौसमझैँ महिनावारी पनि महिला अंगमा हुने परिवर्तन हो । उनी थप्छिन्, 'समाजमा यसलाई घिनलाग्दो काम मानिए पनि यो वास्तविकता हो ।’ आफ्नै रगतसँग खेल्दा यसले आफूलाई झनै निकट पारेको उनी सुनाउँछिन् । पेसाले 'यौन प्रशिक्षक' उनले १२ वर्षको उमेरमा पहिलो पटक महिनावारी भएको विदेशी सञ्चार माध्यमलाई बताएकी छन् ।