कंकालका मुटु गायब
पेरुको हुआन्चाक्वीटो- लास लामास ठाउँबाट ६ वर्षअघि कंकाल उत्खनन थालिएको थियो । ७ सय वर्गमिटर खन्दा केही कंकालमा कपासमा बेरिएको र केहीको अनुहारमा रातो रंग पोतिएको पाइएको छ । बालबालिकाको कंकाललाई समुद्रतर्फ र जनावरको कंकाललाई हिमालतिर फर्काइएको छ ।

पेरुको १५ औँ शताब्दी पुरानो बलिस्थलमा १ सय ४० बालबालिका र २ सय जनावरको कंकाल भेटिएको छ । ती कंकालबाट दर्जनौँ मुटु निकालिएको दाबी अन्वेषणकर्ताले गरेका छन् ।
कंकालबाट मुटु गायब भएको र छाती चिरिएकाले वैज्ञानिकलाई समेत सोचमग्न बनाएको छ । पेरुको हुआन्चाक्वीटो- लास लामास ठाउँबाट ६ वर्षअघि कंकाल उत्खनन थालिएको थियो । ७ सय वर्गमिटर खन्दा केही कंकालमा कपासमा बेरिएको र केहीको अनुहारमा रातो रंग पोतिएको पाइएको छ । बालबालिकाको कंकाललाई समुद्रतर्फ र जनावरको कंकाललाई हिमालतिर फर्काइएको छ ।
यो आजसम्मकै ठूलो बाल बलिस्थल भएको सञ्चार माध्यमले लेखेका छन् । ती कंकालमध्ये ५ देखि १४ वर्षका बालबालिका छन् । 'आर्थिक, राजनीतिक र वैचारिक स्थिरताका लागि शक्तिशाली राज्यले बलि दिएको हुन सक्ने’ कतिपयको आकलन छ ।
प्लोस ओन जर्नलमा वैज्ञानिकहरुले 'बलिको घटना भारी वर्षा र बाढी गइसकेपछि दिइएको’ उल्लेख गरेका छन् । यसअघि मध्य मेक्सिकोको मेक्सिका टेम्प्लो मेयरमा पनि ४२ बालबालिकाको सामूहिक बलि दिइएको भेटिएको थियो ।
तस्बिरहरु हेर्नुहोस् :