साङ्लो मार्न बन्दुक !
स्थानीय प्रहरीले सो घटना अलिबियोन सहरमा ५ चैतमा भएको बताएको छ । अस्पताल पुर्याइएका ती घाइतेको अवस्था कस्तो छ भन्ने बाहिर आएको छैन ।

साङ्लो मार्न बन्दुक फाल्ने एक अमेरिकी आफैँलाई गोली लागेको छ । मिचिगनको डेट्रोइटका ती ५० वर्षीय अधबैँसेले बिहानीपख आफ्नो कोठामा देखिएको साङ्लोलाई जुत्ता हानेका थिए । रमाइलो के भने उनको जुत्तामा समेत बन्दुक लोड गरिएको थियो । त्यही बन्दुकबाट गोली छुट्दा उनको खुट्टामा लाग्यो । यसरी साङ्लो मार्न खोज्दा आफैँ घाइते भएका मानिसको नाम भने सञ्चार माध्यममा खुलाइएको छैन ।
स्थानीय प्रहरीले सो घटना अलिबियोन सहरमा ५ चैतमा भएको बताएको छ । अस्पताल पुर्याइएका ती घाइतेको अवस्था कस्तो छ भन्ने बाहिर आएको छैन । केही सञ्चार माध्यमले भने उनी सकुशल रहेको लेखेका छन् । उनले जुत्ता फाल्दा साङ्लो मर्यो कि मरेन भन्ने तथ्य पनि सार्वजनिक भएको छैन ।
कीरा मार्न खोज्दा मानिस आफैँ झमेलामा परेको यो नौलो घटना भने होइन । सन् ०१६ मा एक मानिसले घरमा भएका उडुस मार्न आगो लगाउँदा अपार्टमेन्टमा आगलागी हुनुका साथै आफूसमेत त्यसको सिकार भए । त्यस्तै, सन् २०१६ मा सेरी योङ नाम गरेकी महिलाले पनि उडुस भगाउन रक्सी छर्केर आगो लगाउँदा उनी बस्दै आएको अग्लो अपार्टमेन्टमा क्षति भएको थियो । ती महिलासहित तीन अग्नि नियन्त्रकलाई समेत अस्पताल भर्ना गर्नुपरेको थियो ।