अनौठा तिम्ल्याहा
एक बंगलादेशीले पहिलो सन्तानका रुपमा छोरा जन्माएको झन्डै एक महिनापछि जुम्ल्याहा सन्तान लाभ गरेकी छन् । परिवारमा नयाँ सदस्य आएका कारण तिम्ल्याहाकी आमा खुसी भए पनि अब बच्चाहरुलाई कसरी हुर्काउने भनेर चिन्तित छन् ।
एक बंगलादेशीले पहिलो सन्तानका रुपमा छोरा जन्माएको झन्डै एक महिनापछि जुम्ल्याहा सन्तान लाभ गरेकी छन् । समय नपुग्दै फेब्रुअरीको अन्तिमतिर पहिलो सन्तान जन्माएकी खुल्ना जिल्लाकी २० वर्षीया अरिफा सुल्तानालाई त्यसको २६ दिनपछि पेट दुखेर अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउँदासम्म उनी अझै गर्भवती छन् भन्ने कसैले सोचेका थिएनन् । अल्ट्रासाउन्डपछि उनको पेटमा अझै दुइटा बच्चा रहेको पाइयो । गरिब परिवारकी ती महिलाले पहिले अल्ट्रासाउन्ड गराएकी थिइनन् ।
शल्यक्रियामार्फत जुम्ल्याहा छोरा र छोरी निकालेको चार दिनपछि महिलालाई डिस्चार्ज गरिएको थियो । आकस्मिक शल्यक्रियामा संलग्न डा शीला पोदारले बीबीसीसँग भनेकी छन्, ‘मैले यस्तो केस कहिल्यै सामना गरेकी थिइनँ ।’ डा शीलाका अनुसार तीनै सन्तान सकुशल छन् । परिवारमा नयाँ सदस्य आएका कारण तिम्ल्याहाकी आमा खुसी भए पनि अब बच्चाहरुलाई कसरी हुर्काउने भनेर चिन्तित छन् ।
सम्बन्धित
चिनियाँहरूका लागि चपस्टिक औँलाहरूकै विस्तृत स्वरूप हुन् । पुर्खाले रचेको सभ्यतालाई पच्छ्या...
चिनियाँका लामा–लामा औँला
भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा कसरी भड्कियो हिंसा ?...
जेएनयूमा जे भयो
नागरिकता कानुनमा संशोधनपछि भारतमा भइरहेको के हो ? हामी तपाईँलाई बुझाउँदै छौँ ।...
विवादित नागरिकता कानुनले विभाजित भारत
विश्वका पर्यटकहरू छिर्न सक्ने दरबार क्षेत्रमा चिनियाँ नेताहरूलाई अझै पनि सहजै छिर्न संकोच ...
सीले तोडेको प्राचीन निषेधाज्ञा
यसै वर्षको जनवरीमा १ सय ३ वर्षीय कूटनीतिज्ञ ख ह्वाको अन्त्येष्टि हुँदै थियो । राष्ट्रपति स...
सीको असफल बिहे
केएफसीले हालै आफ्ना संस्थापकको कृत्रिम मस्कट इन्स्टाग्राममार्फत सार्वजनिक गरेको छ । युवा प...