छिमेक
२६ चैत्र २०७५ मंगलबार
काठमाडौं
शिशुको काँडाधारी कपाल
कपालकै कारण मानिस बाटोमा हिँड्न छाडेर उनलाई घोरिएर हेर्न थाल्छन् । भाइरल हुने शिशु अस्ट्रेलियाको पर्थमा जन्मेका हुन् ।

तीखो काँडाधारी कपाल भएका बोस्टन सिमिच नामक चारमहिने शिशुले युवा वा वयस्क मानिसले नपाउने चर्चा पाएका छन् ।
यसरी भाइरल हुने शिशु अस्ट्रेलियाको पर्थमा जन्मेका हुन् । दुई सन्तानकी आमा तारा सिमिचले उनका तस्बिरहरु इन्स्टाग्राममा राखेकी थिइन् ।
ताराका अनुसार कपालकै कारण मानिस बाटोमा हिँड्न छाडेर उनलाई घोरिएर हेर्न थाल्छन् । भन्छिन्, 'मेरो बाबु हिजोआज जहाँ पुग्यो, त्यहाँ एक किसिमको तरंग ल्याइदिन्छ । कतिपय मानिस चारमहिने बाबुको यत्रो कपाल भन्दै अचम्म मान्छन् ।’
सामाजिक सन्जालमा उनको तस्बिरमा 'आफ्नो सपनाको कपाल' लेख्ने प्रशस्त छन् । एक प्रतिक्रिया छ, 'हे भगवान् ! बच्चाको कपाल कस्तो अद्भुत !’
हेर्नुहोस् भाइरल शिशुका तस्बिरहरु :