कुकुरको पेटमा के थियो ?
बेलायतमा रोको नामक चार वर्षे कुकुरलाई लगातार बान्तापछि हतारहतार स्थानीय पशु अस्पताल पुर्याइयो । केही खान नमानेको उक्त कुकुरको एक्सरे गर्दा सानो आन्द्रामा चारकुने वस्तु अड्किएको भेटियो ।

बेलायतमा रोको नामक चार वर्षे कुकुरलाई लगातार बान्तापछि हतारहतार स्थानीय पशु अस्पताल पुर्याइयो । केही खान नमानेको उक्त कुकुरको एक्सरे गर्दा सानो आन्द्रामा चारकुने वस्तु अड्किएको भेटियो । पछि थाहा लाग्यो, उसको पेटमा निन्टेन्डो नामक भिडियो गेमको कार्टिज रहेछ ।
आकस्मिक शल्यक्रिया गरी भिडियो कार्टिज तुरुन्त निकालियो । कुकुरका मालिक सिन जोन्स्टन भन्छन्, 'कुकुर छट्पटाइरहँदा हामी निकै आत्तियौँ । उसले सिंगै मकैको घोगा निल्यो भन्ने लागेको थियो । तर अस्पताल आउादा थाहा लाग्यो, उसले भिडियो गेमको कार्टिज निलेको रहेछ ।’
कुकुरले भिडियो गेम कहाँ भेटेर निल्यो, सिन जोन्स्टनसमेत अचम्मित छन् । सडकबाट घरमा ल्याइएको कुकुरले भिडियो कार्टिज सडकमै रहँदा निलेको उनको अनुमान छ ।
थोरै समयमै परिवारको सदस्य सरह हैसियत पाएको कुकुरलाई शल्यक्रियापछि घर ल्याउँदा उनी दंग छन् । एक रातको अस्पताल बसाइपछि कुकुर घरमै आराम गरिरहेको छ ।’