समाचार निर्माताहरू - २०७२ --- कूटनीतिक महारथी
उनले दुई मुलुकबीचको सैन्य सम्बन्धको उपयोग गर्दै नाकाबन्दी फिर्ता लिन भारतीय पक्षलाई मनाउन भूमिका खेले ।
वर्षको मध्यतिर पदभार ग्रहण गर्न पुगेका नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री दुइटा महत्त्वपूर्ण घटनाका कारण चर्चामा रहे ।
एक, भारतीय नाकाबन्दीकै बीचमा भारत भ्रमणमा जाँदा आलोचना खेपेका क्षत्री स्वदेश फर्कंदा भने फरक माहोल बन्यो । कारण, उनले दुई मुलुकबीचको सैन्य सम्बन्धको उपयोग गर्दै नाकाबन्दी फिर्ता लिन भारतीय पक्षलाई मनाउन भूमिका खेले । भारतीय प्रधानसेनापति, रक्षामन्त्री, गृहमन्त्री र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारलाई उनले नेपालविरुद्धको नाकाबन्दी कसरी भारतकै सुरक्षाका लागि घातक छ भन्ने विश्लेषण प्रस्तुत गरे । प्रधानमन्त्री, रक्षा र परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरेर उनले खेलेको भूमिका सैन्य कूटनीतिमा नयाँ आयाम साबित भयो । यसै गरी, उनले नेपाली सेना दिवस र पृतनापतिहरूको सम्मेलनमा मुलुकको समसामयिक अवस्थाका बारेमा अर्थपूर्ण सन्देश प्रवाह गरे । मुलुकमा पृथकतावादी गतिविधि भइरहेको तर्फ संकेत गर्दै उनले राजनीतिक नेतृत्वलाई चनाखो रहन ध्यानाकृष्ट मात्र गरेनन्, सरकारले चाहेमा संवैधानिक तवरले परिचालित हुन सेना तयार रहेको अभिव्यक्तिसमेत दिए ।
सम्बन्धित
उनको त्यो लज्जास्पद हर्कत प्रत्येक मान्छेका निम्ति चासो र चर्चाको विषय भएको थियो । कारण थि...
समाचार निर्माताहरू - २०७२ --- अमर्यादित मन्त्री
अखिल नेपाल फुटबल संघ (एन्फा)मा १९ वर्ष एकछत्र राज गरेका गणेश थापा नेपाली खेलकुद क्षेत्रमा ...
समाचार निर्माताहरू - २०७२ --- बदनाम व्यवस्थापक
ज्ञातव्य रहोस्, मीरा पूर्वमाओवादी लडाकू हुन् । र, सेना समायोजनका समयमा अयोग्य घोषित भएपछि ...
समाचार निर्माताहरू - २०७२ --- अथक धाविका
नवयुग श्रेष्ठले देशलाई पनि फुटबलमा २३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जिताइदिए ।...
समाचार निर्माताहरू - २०७२ --- नयाँ नायक
लेखक/अभिनेता खगेन्द्र लामिछानेले बितेको वर्ष एउटा यस्तो फिल्म बनाए, जसमार्फत फिल्मका लागि ...
समाचार निर्माताहरू - २०७२ --- खास्सा कलाकार
इन्टरनेटका सामाजिक सञ्जालमार्फत दुई अधिकारकर्मी शान्ता चौधरी र सरस्वती सुब्बाले सामाजिक स...