समाचार निर्माताहरू - २०७२ --- अमर्यादित मन्त्री
उनको त्यो लज्जास्पद हर्कत प्रत्येक मान्छेका निम्ति चासो र चर्चाको विषय भएको थियो । कारण थियो, हिलो छ्यापाछ्याप गर्ने क्रममा स्थानीय महिलासँग मन्त्री पराजुलीले गरेको असभ्य हर्कतका तस्बिर र भिडियो ।

कृषिमन्त्रीको हैसियतमा गत १५ असारमा आयोजित धान दिवसको छेको पारेर काठमाडौँको मूलपानी पुगेका हरि पराजुली कार्यक्रम सकेर फर्किंदासम्म चर्चाको शिखरमा उक्लिसकेका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको बदख्वाइँ मात्रै सुरु भएको थिएन, उनको त्यो लज्जास्पद हर्कत प्रत्येक मान्छेका निम्ति चासो र चर्चाको विषय भएको थियो । कारण थियो, हिलो छ्यापाछ्याप गर्ने क्रममा स्थानीय महिलासँग मन्त्री पराजुलीले गरेको असभ्य हर्कतका तस्बिर र भिडियो ।
नेकपा एमालेबाट मन्त्री भएका पराजुलीले अन्तत: सामाजिक रूपमा अपाच्य र अमर्यादित व्यवहार गरेकै कारण मन्त्री पदबाट राजीनामा दिन बाध्य भए । पराजुली एउटा अमर्यादित मन्त्रीका रूपमा सधैभरिका लागि स्थापित भए ।