समाचार निर्माताहरू - २०७२ --- खास्सा कलाकार
लेखक/अभिनेता खगेन्द्र लामिछानेले बितेको वर्ष एउटा यस्तो फिल्म बनाए, जसमार्फत फिल्मका लागि बजेटभन्दा पनि महत्त्वपूर्ण कुरा कथा, प्रस्तुति र अभिनयकला हो भन्ने सबक सिकाए ।
लेखक/अभिनेता खगेन्द्र लामिछानेले बितेको वर्ष एउटा यस्तो फिल्म बनाए, जसमार्फत फिल्मका लागि बजेटभन्दा पनि महत्त्वपूर्ण कुरा कथा, प्रस्तुति र अभिनयकला हो भन्ने सबक सिकाए । फिल्म पशुपतिप्रसादका पटकथाकार र मुख्य अभिनेता लामिछानेले यसअघि पनि चिनियाँ लेखक लु सुनको कथामा आधारित रहेर फिल्म टलकजंग भर्सेज टुल्के निर्माण गरेका थिए । त्यो फिल्ममा पनि उनको मुख्य भूमिका थियो ।
नेपाली फिल्मको सरदर लगानी ५० लाख रुपियाँ मानिन्छ । तर, करिब २६ लाख रुपियाँ लगानीमा निर्मित फिल्म पशुपतिप्रसादले डेढ करोड रुपियाँभन्दा बढीको व्यापार गर्यो । फिल्मको सफलता सामूहिक प्रयासको प्रतिफल भए पनि आधारभूत रूपमा यसमा लामिछानेकै ब्रान्डको प्रमुख भूमिका रह्यो ।