समाचार निर्माताहरू - २०७२.JPG&w=900&height=601)
८ वैशाख २०७३ बुधबार
काठमाडौं
समाचार निर्माताहरू - २०७२ --- नयाँ नायक
नवयुग श्रेष्ठले देशलाई पनि फुटबलमा २३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जिताइदिए ।
ढाकामा भएको बंगबन्धु गोल्डकपमा जादुयी खेल देखाएर नेपाली राष्ट्रिय टिमका फरवार्ड नवयुग श्रेष्ठले प्रशंसकहरूको ध्यान त आफूतिर खिचे नै, देशलाई पनि फुटबलमा २३ वर्षपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता जिताइदिए ।
उनको चामत्कारिक खेल शैली दक्षिण एसियाली खेलकुद (साग)मा झनै प्रमाणित भयो । उनले भारतसँगको फाइनल खेलमा दुर्लभ मानिने ह्याट्रिक गरेर नेपाललाई साग विजेता पनि बनाइदिए ।
यसअघि साग अन्तर्गत नै भुटानविरुद्धको खेलमा पनि नवयुगले ह्याट्रिक गरेका थिए । त्यसभन्दा पहिला बंगबन्धु कपमा पनि उनले ह्याट्रिक नै गरेका थिए । ०६८ मा राष्ट्रिय फुटबल टिममा प्रवेश पाएका नवयुग चार वर्षमै नेपाली फुटबललाई नयाँ गति दिने नायक बनेका छन् ।