पोषणकै बारेमा किन ?
'एउटै विषयमा दोहोर्याई तेहेर्याई कति लेखेको? स्थानीय खानेकुराको प्रयोग गर्नुपर्छ, बालबालिकालाई पत्रु खाना दिनु हुँदैन, घरकै खानेकुरा दिनुपर्छ
पक्कै पनि मेरा लेखका विषय स्वस्थ भोजन र पोषणसँग सम्बन्धित छन्। तर, म 'पोषणविद्' वा 'पोषण विशेषज्ञ' होइन। पोषणको विषयमा लेख्दा म अति साधारण जानकारी मात्र दिन्छु र त्यति लेख्नलाई कुनै विशेषज्ञता चाहिँदैन। अक्षर नचिनेकी मेरी बज्यै र अलिअलि पढ्न-लेख्न सक्ने मेरी आमाजस्ता महिलाले भान्सामा जे पकाउँछन्, जे खान्छन्, बालबालिकालाई जे खुवाएर हुर्काउँछन्, मेरो लेखको विषय त्यही हो।
मैले पोषणका विषयमा लेख्नुपर्ने कारण के हो भने भोजन संस्कृति हो। गर्भदेखि मृत्युको बेलासम्म भोजन चाहिन्छ। विवाह, व्रतबन्ध, जन्मदिन आदिमा मात्र होइन, युद्ध हुँदा शरणार्थीलाई, विपत्मा परेका र भूकम्पमा सर्वस्व हराएका मानिसलाई चाहिने सबैभन्दा महत्त्वपूर्ण वस्तु पनि भोजन नै हो। किनभने, भोजनले नै जीवन दिन्छ। भोजन संस्कृतिसँग पनि जोडिएको छ। संस्कृतिले जीवनलाई जीवन्त बनाउँछ। संस्कृति नरहने हो भने मानव अस्तित्व नै संकटमा पर्दै जान्छ। शारीरकि रूपमा मात्र होइन कि मानसिक रूपमा पनि भोजन र पोषणको आवश्यकता पर्छ। त्यसैले म भोजनको विषयमा लेखिरहन्छु।
एकातिर पोषणको अभावले बालबालिका अस्वस्थ भएको, गर्भवती बिरामी परेको, रक्तअल्पताका कारण शिशु सानो जन्मेको, कुपोषण भएका कारण बालबालिकालाई पखाला लागेको देखिन्छ भने अर्कोतिर बढी भोजन र पत्रु खानाका कारण मोटाएका मानिसलाई धेरै पैसा खर्चेर उपचार गर्नुपरेको छ।
देशका विभिन्न भागमा जाँदा स्वास्थ्यकर भोजन हुँदाहुँदै पनि बालबालिका, शिशु, गर्भवती आदि कुपोषित भएको देखेरै मैले आफूले थाहा पाएको सजिलो जानकारी जनसमक्ष पुर्याएको हुँ। कतिपयले मेरो लेख पढेर आफ्नो भोजनको बानी बदलेको थाहा पाएर पोषणका बारेमा लेख्न झन् प्रेरणा मिल्यो। अनि, विभिन्न ठाउँमा जाँदा कुन जिल्लामा के उमि्रँदो रहेछ? त्यहाँका मानिसले कसरी खाँदा रहेछन् भन्ने चासो पनि जाग्न थाल्यो। त्यही चासो पछि लेखको विषय बन्न थाल्यो। कामको सिलसिलामा विभिन्न अस्पताल र स्वास्थ्य चौकीमा पुग्दा देखेँ, स्वास्थ्यकर्मीको भूमिका गर्भवतीलाई आइरन चक्की दिने र बालबालिकालाई भिटामिन ए दिने काममै सीमित हुँदो रहेछ।
ती स्वास्थ्यकर्मीलाई तालिम दिँदा पनि भोजनसम्बन्धी व्यावहारकि ज्ञान, स्थानीय खाना र त्यसमा रहेका पोषक तत्त्वका बारेमा जानकारी दिइँदैन। हामी विद्यार्थी छँदा पनि खासै पोषणसम्बन्धी ज्ञान दिइएन। काम गर्दै जाँदा व्यावहारकि ज्ञान नहुँदा समस्या परेको अनुभव छ। त्यसैले पनि पोषणका बारेमा आफूलाई थाहा भएका जानकारी दिन थालेको हुँ।
स्वास्थ्य मन्त्रालयको पोषणसम्बन्धी कतिपय नीतिले बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पुर्याएको देखेपछि मैले सरकारलाई 'यो नीति ठीक भएन' भनेर घचघच्याएँ पनि। बालबालिकालाई घरेलु खानेकुरा खुवाएर स्वस्थ गराउनुको सट्टा औषधी दिएर कुपोषण ठीक पार्ने प्रवृत्तिविरुद्ध खबरदारी पनि गरेँ। विभिन्न ठाउँमा भ्रमण गर्दा महँगा पत्रु खानाले गर्दा बालबालिका अति कुपोषित भएर दुई महिना अस्पतालमा बस्नुपरेको र त्यसपछि मात्र आमालाई प्याकेटमा राखेका पत्रु खाना दिन नहुने होस खुलेका घटनाले पनि मलाई बारम्बार पोषणका बारेमा लेख्न घचघच्याइरहन्छ।
त्यसो त लेख्ने क्रममा कतिपय जानकारी दोहोरनिे गरेको भने म स्वीकार गर्छु। तर, कुपोषणका घटना बारम्बार पत्रिकामा छापिन्छन् भने ती समस्यालाई समाधान गर्न पनि बारम्बार लेख्नुपरेन? ताकि, गर्भवतीले घरमा भएका पौष्टिक भोजनलाई बेचेर बाहिरका महँगा तर अस्वस्थ भोजन नखाऊन्, बालबालिकाले स्कुलमा घरकै पौष्टिक र स्वास्थ्यकर खाजा लैजाऊन् र सरकारले पनि स्वस्थ पोषण नीति बनाओस् ।
सम्बन्धित
भोको बिहान बोकेर, सँधै सँधै उदाइरहने, मेरा हत्केलाका ठेलाहरू हेर, लेख्न सक्छौ तिमी, मेरा अ...
पोस्टमार्टम स्थलबाट सूर्यबहादुर तामाङको आग्रह
जुत्ताको तलुवामुनि, सदियौँदेखि कुल्चिएका छौ तिमीले - मेरो अस्तित्व । (कविता)...
म निसास्सिइरहेको छु
मैले तिमीलाई गाउँ गाउँ अनि दलित, गरिबका बस्ती बस्तीमा आउ भनेको थिएँ । तर तिमी त सहर-बजारका...
गणतन्त्र
गाउँभरि युवाहरूको अभावमा खेत बाँझो देख्न नसकी, घरका हल गोरुसँगै, आफ्नो पनि हत्या गर्ने वृद...
एक बौद्धिकलाई प्रश्न
मेरो अन्त्यको अर्थहीन विलम्बबीच म सोचमग्न छु- अविलम्ब जागृत हुनुपर्ने मानिस कहाँ छ ? (कवित...
सृष्टिमा अन्तिम सेतो जिराफ
सत्तालाई सबैभन्दा बढी झोँक चल्छ, जब चिच्चाउन थाल्छ कोही नाङ्गो मानिस... ...