जनतासँग बन्द

- सुरेश किरण

टेली जगत्मा लोकप्रिय ‘जनतासँग प्रधानमन्त्री’ अब बन्द भएको छ । यो बडो दुःखद घटना हो । कार्यक्रम बन्द हुनुका साथै अब हाम्रा प्रधानमन्त्री जनतासँग रहेनन् । हाम्रा प्रधानमन्त्री कमसेकम टेलिभिजनमा भए पनि जनतासँग थिए । अरु बेला त उनी जनतासँग हुने कुरै भएन ।

प्रधानमन्त्री धेरै समय जनतासँग हुने गर्दैनन् । जनतासँग हुने त त्यही टेलिभिजन कार्यक्रममा मात्रै हो । जनतासँग प्रधानमन्त्री बस्ने कार्यत्रम नै बन्द भएका कारण अब प्रधानमन्त्री जनतासँग बस्ने कुरा पनि भएन ।

साताको एक पटक भए पनि जनतासँग बस्ने प्रधानमन्त्रीको कार्यक्रम बन्द भएपछि अब प्रश्न उठ्न सक्छ, प्रधानमन्त्री यदि जनतासँग छैनन् भने अब कोसँग छन् त ? यो अब सबैको चासोको विषय बनेको छ ।

प्रकाशित: श्रावण ९, २०७६

ट्याग: परिहास
×