चमेरोको चोरीसिकार
मुस्किलले ३ सय ग्रामसम्मको हुने यो चमेरोलाई स्थानीय औषधीका लागि सिकार गर्छन् ।
स्तनधारी प्राणी चमेरासँग उड्नका लागि छालाले बनेको पँखेटा हुन्छ । त्यसैले यसलाई ‘काइरोप्टेरा’ नामक स्तनधारीको फरक वर्गमा राखिएको छ । हाल विश्वमा करिब १२ सय प्रजातिका चमेरा छन् । यीमध्ये नेपालमा ५३ प्रजातिका चमेरा रहेको अनुमान छ ।
चमेरो पनि मांसाहारी र शाकाहारी दुई थरीका हुन्छन् । यो रात परेपछि मात्र सक्रिय हुन्छ । पखेटालाई बिर्सेर झट्ट हेर्दा यो मुसाजस्तो देखिन्छ । वदुरा नामको नेपालमा पाइने सबभन्दा ठूलो जातको चमेरो दिनमा रुखका हाँगामा झुन्डिएर बस्ने गर्छ भने राती आहाराका लागि यत्रतत्र झुन्ड बनाएर उड्ने गर्छ । तर पुथा उत्तरगंगा गाउँपालिका, रुकुमका ओडारमा भने सानो जातका चमेरा मात्र पाइन्छन् ।
मुस्किलले ३ सय ग्रामसम्मको हुने यो चमेरोलाई स्थानीय औषधीका लागि सिकार गर्छन् । ओडारमा लुुकेर बस्ने यसलाई सिकार गर्न पनि स्थानीय झाँक्रीको सल्लाहअनुसार मंगलबारको दिन पारेर सुटुक्क ओडार पुग्छन् । मंगलबार समातेको चमेरोबाट मात्र औषधोपचार हुने यहाँको विश्वास छ । औषधीका लागि सिकार गरिएको चमेरोलाई तोरीको तेलमा डुबाएर राखिन्छ । लामो समयदेखि निको नभएको घाउ, खटिरा र दुखाइमा यसलाई डुबाएको तोरीको तेलले मालिस गर्दा निको हुने यहाँका बासिन्दाको विश्वास छ ।
तस्बिरमा हेर्नुहोस् :
सम्बन्धित
अब नेपाललाई एउटा ठूलो मुलुकका रूपमा परिकल्पना गर्नुपर्छ। हामीले आफूलाई पनि सानो ठान्नु हुँ...
परिवर्तित सोच नै परिवर्तनको जग #Podcast
विमल निभाको २०७६ सालमा प्रकाशित कविता संग्रह 'जोकरको बन्दुक' बाट तीन कविता सुन्नुस् बसन्त ...
'छुत ब्राह्मण' सहित विमल निभाका तीन कविता #Podcast
साताका ७ तस्बिरमा धोवीखोला किनारमा ढकमक्क फुलेका फूलदेखि आगामी आर्थिक वर्षका लागि सरकारको ...
साताका ७ तस्बिर
कार्ल मार्क्सले चिताएको क्रान्ति भइहाल्यो भने कमरेडहरू कृष्णबहादुरको पक्षमा लड्लान् कि पैस...
समृद्धिको भर्याङमा तलै छाडिएका कृष्णबहादुरहरू #Podcast
खानेकुराको अभावमा सडकपेटीमा भौतारिएका चौपायाको तस्बिर कथा ...
भोक–प्यास यहाँ पनि छ #Photo
समयको प्रवाहमा श्रमिक दिवसको सान्दर्भिकता, प्रेस स्वतन्त्रता दिवसको अवसरमा स्वतन्त्र अभिव्...