कुमारीको आशीर्वाद
त्यसैले त साढे ६ वर्षीय जीवित देवी मानिने कुमारी निहिराशोभा वज्राचार्य पनि अर्धनिद्रामा भक्तजनलाई आशीर्वाद दिँदै थिइन् ।

दसैँ, नवमीको मध्यरातसम्म चहलपहल थियो, पाटनको इःबहालस्थित रत्नकर महाविहार परिषद्मा । राती ८ बजेपछि अभिभावकहरू साना नानीसँग भेला हुँदै थिए भने भक्तजन भजनमा व्यस्त थिए । त्यसैले त साढे ६ वर्षीय जीवित देवी मानिने कुमारी निहिराशोभा वज्राचार्य पनि अर्धनिद्रामा भक्तजनलाई आशीर्वाद दिँदै थिइन् ।
हरेक वर्ष दसैँको नवमीमा ललितपुर पाटन मूलचोकस्थित तलेजु मन्दिरमा मूल कुमारीको देवी कालीका रूपमा पूजा गरिन्छ । तलेजु मन्दिरका मूल पुजारी, कर्मचारीहरू बाजागाजा साथ रत्नकर महाविहारमा कुमारी लिन जान्छन् ।
कुमारीसँग ललितपुर हःवहालका शाक्य तथा वज्राचार्यमध्ये कुमारी छानिने खलकका इहि (बेल विवाह) नगरेका कन्याहरूको पनि संयुक्त पूजा गरिन्छ । पूजामा सहभागी कन्याहरूको नेवारी परम्पराअनुसार गरिने इही गर्नु पर्दैन ।
तलेजु मन्दिर मूल पूजारीद्वारा हःबहालमै आह्वान पूजा गरेपछि सोही मन्दिरमा लगी मूल कुमारीको पूजा गरिन्छ । अरू कन्याहरूका साथ गणेश एवं भैरवका प्रतीक स्वरूप कुमार बालकको पनि पूजा गरिन्छ । विधिवत् रूपमा पूजा गरेर ठ्याबु (चौरासी व्यञ्जन) खुवाएपछि उक्त पूजा सम्पन्न हुन्छ ।
तस्बिरहरु हेर्नुहोस् :