साताका ७ तस्बिर

- नेपाल संवाददाता

हल्का वर्षासँगै उपत्यकाको मौसम खुलेपछि साँगा क्षेत्रबाट देखिएको हिमाल । बनेपा नगरपालिका, काभ्रेमा पर्ने साँगा उपत्यका नजिकैको पर्यटकीय क्षेत्र पनि हो । तस्बिरः अंगद ढकाल  

कर्णाली प्रदेशस्थित सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा रहेको श्री प्राथमिक विद्यालयका विद्यार्थी जाडो छल्न स्कुलको चौरमा पढिरहेका छन् । उच्च पहाडी भूभागमा अहिले निकै जाडो बढेको छ । कतिपय जिल्लामा जाडोकै कारण विद्यार्थीहरूको पढाईमा समेत असर परेको छ । तस्बिरः सरोज बैजु

 काठमाडौँको कपनमा छतमा घाम ताप्दै ७२ वर्षीया कृष्णमाया थापा मगर। उपत्यकामा जाडो बढेपछि घाम सबैलाई प्यारो भएको छ । तस्बिरः सरोज बैजु

एकाबिहानै चिसोमा भक्तपुर दरबार परिसरमा मोबाइल चलाउँदै गरेका किशोर । शनिबार बिहान उपत्यकाको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको थियो । तस्बिरः अंगद ढकाल 

गोदावरी नगरपालिका १३ झरुवारासीमा देखिृका इँटा उद्योगहरू । भूकम्पअघि सामान्य प्रशासन मन्त्रालयले उद्योग स्थानान्तर गर्ने योजना बनाएको थियो । तर, पुनर्निर्माण गर्न इँटा आवश्यक पर्ने भएकाले दुई वर्षका लागि उद्योग नवीकरण गरेर सञ्चालनको तयारी गरिएको छ ।अहिले भूकम्प गएको चार वर्ष बढी बितिसक्दा पनि यहाँका इँटा उद्योगकको स्थानान्तरण हुन सकेको छैन । तस्बिरः अंगद ढकाल 

काठमाडौंको कपनमा आगो ताप्दै गरेका बालबालिका । शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भूभागमा पनि पानी परेको छ । काठमाडौंको चन्द्रागिरिसहितका डाँडामा हिउँ परेको छ। तस्बिरः सरोज बैजु

काठमाडौंको ठमेलस्थित महाँकालमा नाच देखाउँदै कलाकार। नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी ठमेल टुरिजम विकास परिषदले यो सांस्कृतिक कार्यक्रम गरेको हो । तस्बिरः इलिट जोशी

सल्यान जिल्लाको कपुरकोट गाउँपालिकामा रहेको श्री प्राथमिक विद्यालयकी एक छात्रा आफ्ना साथीहरूलाई पढाउँदै छिन्, र आफू पनि पढ्दैछिन् । यी नानीहरू जाडो छल्न स्कुलको चौरमा पढिरहेका छन् ।  सरोज बैजुले यो सहित अरु सुन्दर तस्बिर कैद गरेका छन् । हेर्नुस्ः कर्णाली जानू, सल्यान नघुमी नफर्कनू [१५ तस्बिर]


र, यी दुई तस्बिर पनि । नेपालको आवरणमा छापिएका यी दुई तस्बिर सामाजिक सञ्जालमा भाइरल भए । हामीलाई हाम्रा स्रोतहरूले उपलब्ध गराएका यी तस्बिरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग ग्याम्ब्लिङ गिरोहका सञ्‍चालक चेन सितियान र रोङफेङ देखिन्छन्। दोस्रोमा, उर्जामन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीसँग ग्याम्ब्लिङ गिरोहका दावा देखिन्छन्। मनबहादुर बस्नेतले खुलासाः चिनियाँ अभियुक्तको कनेक्सन आईजीपीदेखि मन्त्रीसम्म पढ्नुहोस् ।

प्रकाशित: पुस १८, २०७६

×