नेपालीपनको खोजी

- नेपाल संवाददाता

नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन्न सरोकारवाला निकायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटकलाई ढाकाटोपी लगाइदिएर स्वागत गरे । केही समूहले टोपी दिवसका रुपमा मनाए । इलाममा ५ रुपैयाामा पर्यटकलाई खाना–बस्न दिइयो । देशका विभिन्न स्थानमा पर्यटक लोभ्याउने धेरै कार्यक्रम भए । विरोध प्रदर्शनको हब मानिने काठमाडौँ, माइतीघरमा १७ पुसमा फरक कार्यक्रम भयो । 

सयौँको संख्यामा युवाहरु नेपाली बाजागाजासहित देखिए । सहभागी राष्ट्रिय पोसाक दौरा–सुरुवाल अनि गुन्यू–चोलीमा सजिएका थिए । बीच सडकमा लिपुलेक, लिम्पयाधुरा समेटिने नेपालको नक्सा बन्यो । पञ्चेबाजामा कोही नाच्न थाले, कोही नेपालको नक्साभित्र सीमास्तम्भ बनेर खडा भए । युवाहरुले भने, ‘राष्ट्रिय धरोहर संरक्षण गर्नु सबैको दायित्व हो ।’  

प्रकाशित: पुस २३, २०७६

×