लोकदोहरीमा पर्यटन प्रवर्द्धन
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन वर्षलाई लक्षित गरी तयार पारिएको सो गीतमा चापागाईं र सिर्जना सुवेदीको स्वर छ ।
नेपाल पर्यटन वर्ष–२०२० को पहिलो महिना । आन्तरिक र बाह्य पर्यटक भित्र्याउन निजी क्षेत्र पनि उत्तिकै अग्रसर देखिन्छ । कलाकारका त के कुरा गर्नु ? नायिका वर्षा राउत पतिसँगै मिलेर युट्युबमा भिडियोब्लग अपलोड गरिरहेकी छन् । यता, लोकदोहोरी कलाकार पनि कम छैनन् । गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन वर्षलाई लक्षित गरी तयार पारिएको सो गीतमा चापागाईं र सिर्जना सुवेदीको स्वर छ ।
चापागाईंकै लय र शब्द रहेको उक्त गीतमा अर्जुनकुमार पोखरेलले संगीत संयोजन गरेका छन् । गीतको भिडियोमा गायकसहित लक्ष्मण भुसाल, खुसी रामदाम र प्रतिसा लामा, देवेन्द्र सिलवाललगायतका कलाकारको अभिनय छ । रोइला भाकामा गाइएको गीत स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा छायाँकन गरिएको हो । गायक चापागाईं पर्यटकीय, सांस्कृतिक तथा धार्मिक स्थललाई गीतका माध्यमबाट चिनाउने काम गरेको बताउँछन् । पश्चिम नेपालको मौलिक संस्कृतिका रुपमा प्रचलनमा रहेको लोकभाकालाई भूगोल, संस्कृति, धर्म तथा पर्यटनसँग जोडेको उनको जिकिर छ ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...