मनोरम पनौती
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, मनोरम दृश्य, वातावरण, रहनसहनलगायत १ सय ६० भन्दा बढी तस्बिर राखिएको छ ।
जमाना विज्ञापनको छ । पनौती पर्यटन विकास केन्द्रले आफ्नो स्थानको विज्ञापन गर्न फोटो प्रदर्शनीको सहारा लिएको छ । स्थानीय इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्मिक, ऐतिहासिक मन्दिर, मनोरम दृश्य, वातावरण, रहनसहनलगायत १ सय ६० भन्दा बढी तस्बिर राखिएको छ ।
विशेषगरी दिउँसो घाम लागेका बेला फोटोपारखी प्रदर्शनी स्थलमा झुम्मिएका हुन्छन् । आफ्नै नगरभित्र कहिल्यै नपुगेका वा हेक्का नराखेका ठाउँको दृश्य हेर्न पाउँदा स्थानीयको मुहारमा बेग्लै चमक देखिन्छ । पनौतीको अवस्थाबारे जानकारी दिन हवाईजहाज र ड्रोनबाट खिचिएका तस्बिरसमेत प्रदर्शनीमा छन् ।
प्रदर्शनीमा फोटो पत्रकार प्रशान्त श्रेष्ठ, अक्षय मधुकर्मी, पदम तामाङ, पुरुषोत्तम अधिकारी, राजकुमार श्रेष्ठ, राजेन्द्र महाजु, अनीष श्रेष्ठलगायतले खिचेका तस्बिर छन् ।
सम्बन्धित
नेपाल–चीनको संयुक्त प्रयासमा सर्वोच्च चुलीको नयाँ उचाइ घोषणा हुँदै...
सगरमाथाको उचाइ कति ? पहिलोपल्ट नाप्दैछ नेपालले
अनलाइन बुकिङले पर्यटन क्षेत्रमा अनेक समस्या थपेको छ । ...
अनलाइन बुकिङले पर्यटन क्षेत्रको आम्दानी कसरी घटाउँदै छ ?
इन्द्रेश्वर महादेव मन्दिर परिसरमा चलिरहेको प्रदर्शनीमा पनौतीको जीवनशैली, सांस्कृतिक, धार्म...
मनोरम पनौती
गायक लक्ष्मण चापागाईंले यसै साता नयाँ गीत ‘मायालु रापाकोटको’ भिडियो सार्वजनिक गरे । पर्यटन...
लोकदोहरीमा पर्यटन प्रवर्द्धन
नेपाल भ्रमण वर्ष–२०२० को सुरुआतसागै मौलिकता झल्काउने अभियान बढेका छन् । सुरुआतकै दिन विभिन...
नेपालीपनको खोजी
नेपाली हवाई क्षेत्रले ईयूको कालोसूचीमा निरन्तरता पाउनु चुनौतीको संकेत...