किन चल्दैनन् नेपाली चलचित्र ?
वर्षमा सरदर सयवटा फिल्म निर्माण हुने नेपाली फिल्म उद्योगमा आधा दर्जनले पनि लगानी उठाउँदैनन्।

अचम्मको कुरा के भने कुल जनसंख्याको एक प्रतिशत मानिस पनि नेपाली फिल्म हेर्न हलसम्म पुग्दैनन्। यो अवधिमा राम्रो चलेको फिल्म झोला पनि सरदर दुई लाखले मात्र हेरेको अनुमान निर्माण पक्षको छ। जबकि, झोलाका करबि ५० प्रतिशत दर्शक कहिल्यै हलसम्म नआएका वृद्धवृद्धा र विरलै आउने राजनीतिक-सामाजिक वृत्तका रहेछन्।
सरदर तीन करोड जनसंख्याको एक प्रतिशत अर्थात् तीन लाख हुन आउँछ। ३०-३५ लाख रुपियाँ खर्चेर बनाइएको एउटा सिनेमा हेर्न एक प्रतिशत मानिस पनि हल नपुग्नुले वाषिर्क चार अर्बभन्दा बढी लगानी हुने नेपाली फिल्म क्षेत्रप्रति आमनेपाली जनमानसमा कुन खाले धारणा छ भन्ने प्रस्ट देखाउँछ।
कुनै पनि फिल्म चल्नका लागि आक्रामक प्रचार भएर मात्र पुग्दैन, हलमा आएका दर्शकलाई प्रभाव पार्ने खुराक पनि चाहिन्छ। अर्थात्, फिल्मका दृश्यमा दर्शकले कुनै न कुनै रूपमा त्यसभित्र आफूलाई पनि खोज्दो रहेछ। जब उसले फिल्मभित्र कुनै न कुनै रूपमा आफ्नो उपस्थिति पाउँछ, उसले फर्केर गएर आफ्ना साथीभाइ परविारजनलाई फिल्मको प्रशंसा सुनाउँछ। त्यही 'माउथ पब्लिसिटी' नै फिल्म चल्नु र नचल्नुको मुख्य पूर्वाधार हो।
उदाहरणका लागि पछिल्लो समय फिल्म झोलेलाई हेरौँ। निर्माण पक्षले आक्रामक प्रचार रणनीति अपनायो। फिल्म निर्माणमा ३० लाख खर्च गरेको उक्त फिल्मले प्रचारमा ३५ लाख खन्यायो। प्रचार अनुसार दर्शक हलसम्म पुगे पनि। तर, त्यसको 'माउथ पब्लिसिटी' एकदमै नकारात्मक रह्यो। 'यस्तो अश्लील फिल्म हेर्न श्रीमती, छोराछोरी लिएर कसरी हलसम्म जानु ?' अधिकांश दर्शकले भनेको सुनियो। कतिपय दर्शक त भन्दै थिए, 'यस्तो फिल्मलाई सेन्सरले कसरी पास गर्यो ?'
झोलेको विषयवस्तु राम्रो छ। अभिनयमा दयाहाङ राई, पि्रयंका कार्कीहरू पनि राम्रोसँग डुबेका छन्। तर, अश्लील संवाद राखेर फिल्मलाई व्यावसायिक बनाउने लोभमा निर्देशक दीपेन्द्र के खनाल नराम्रोसँग चुकेका छन्। त्यही कमजोरीका कारण झोलेले देशभरको प्रदर्शनबाट प्रचारको खर्च पनि उठाउन सकेन।
नेपाली फिल्मका ५० प्रतिशत दर्शक अहिले पनि मजदुरी गरेर गुजारा गर्ने, अल्पशिक्षित निम्न वर्ग छ। कलेज बंक गरेर आउनेहरू करबि २० प्रतिशत र शिक्षित र मध्यम वर्ग जम्मा ३० प्रतिशत मात्र। त्यो ३० प्रतिशत दर्शक निकै 'चुजी' छ। बाँकी अन्य वृत्तका दर्शकमा 'माउथ पब्लिसिटी'ले ठूलो अर्थ राख्छ।
फिल्मकर्मीहरू हलमा कुन खाले दर्शक आउँछन्, उनीहरूले पर्दामा के अपेक्षा गर्छन् भन्ने कुरा अध्ययनै नगरी फिल्म निर्माणमा हाम फाल्छन्। यसको ज्वलन्त उदाहरण विकास रौनियार कार्यकारी निर्माता र सम्झना उप्रेती रौनियार निर्देशक रहेको फिल्म मेघा हो। फिल्म अत्यन्तै सुन्दर बनेको छ। छायांकनमा कुनै कन्जुस्याइँ गरएिको छैन। सबै कलाकार अभिनयमा चुर्लुम्म डुबेका छन्। तर, दर्शकले यो फिल्मलाई मन पराएनन्। फिल्मले काठमाडौँ उपत्यकाबाट चार लाख रुपियाँ पनि उठाउन सकेन। किनभने, निर्देशक रौनियार कथा रोजाइमा चुकिन्। उनले काठमाडौँको सम्भ्रान्त वर्गभित्रको यथार्थ कथा रोजिन्, जुन वर्ग फिल्म हेर्न हलसम्म पुग्दैन। जुन वर्ग हलमा आउँछ, त्यसले मेघाभित्र आफूलाई पाउँदै पाउँदैन। पात्रले बोल्ने आधाभन्दा बढी अंग्रेजी संवाद आमदर्शकको क्षमताभित्रै परेन।
दर्शकको अपेक्षाविपरीतको कथामा बनेको अर्को फिल्म हो, ऋतु। अस्ट्रेलियामा पढ्न गएका युवकयुवतीको चरत्रिचित्रण भएको यसले विदेशमा यति उठायो, उति उठायो भनेर प्रचार गरिए पनि नेपाली दर्शकबाट पूरै अस्वीकृत भयो।
हुन पनि १८ घन्टे लोडसेडिङ्, एक निद्रा पुर्याएर ब्यूँझिदा पनि नेटवर्क कनेक्सन नहुने इन्टरनेट, तीन मिनेट कुरा गर्दा तीनपटक काटिने मोबाइल चलाउने परिवेशका नेपाली दर्शकले फिल्मभित्र आफूलाई कहीँ पाउँदैनन्। 'एकपटकमा एउटा मात्रै ब्वाइफ्रेन्ड बनाउनुपर्छ भन्ने छ ?' भन्ने नायिकाको चरत्रि उसले पचाउँदै पचाउँदैन। छोरी, बहिनी, केटी साथी कसैलाई पनि हेर्नका लागि सिफारसि गर्न सक्तैन। त्यसबाहेक छिनमै नेपालमा घरजम गरेको, छिनमै अस्ट्रेलियामा प्रेम गररिहेको सिलसिलाहीन दृश्यले दर्शकलाई वाक्कदिक्क बनाउँछ। मध्यान्तरपछि कथा पट्यारै लाग्दो गरी बिस्तारै बग्छ। यस्तो भएपछि फिल्मको 'माउथ पब्लिसिटी' कसरी होस् !
कमजोरीका कडी
पछिल्लो समय हिन्दी, कोरयिन कथाबाट प्रभावित भएर फिल्म बनाउने क्रम घटेको छ। चारवटा गीत त्यसमध्ये एउटा आइटम डान्स, चारवटा फाइट, एउटा बेड सिन आदि फर्मुला बासी भइसकेका छन्। नेपाली समाजकै भोगाइका कथाहरू खोज्न थालिएको छ। यसमा लुट र चपली हाइटको योगदानलाई नकार्न सकिन्न। तर, पछिल्लो समय नेपाली समाजको वास्तविकतामाथि बनेका मोक्ष र तोरी लाहुरेजस्ता फिल्म पनि चल्न सकेनन्। यसअघि साँघुरो, सुनगाभाजस्ता नेपाली परविेशको कथावस्तु भएका राम्रा मानिएका फिल्म पनि पूरै डुबेका थिए।
फिल्म मोक्षले सञ्चारमाध्यमबाट निकै राम्रो प्रशंसा पाएको थियो। यस फिल्ममा युवावस्थामा अपांग बनेको पात्रको भोगाइ साँच्चै जीवन्त छ। हरेक कलाकारले आफ्नो भूमिकामा न्याय गरेका छन्। हुर्कंदै गरेका छोराछोरी र अपांग साथीभाइप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने सन्देश दिए पनि यो फिल्म आमदर्शकबाट रुचाइएन। किनभने, आमदर्शकले फिल्मको पर्दामा आफूलाई पाउँदै पाएन। कलेज पढ्ने उमेरका दर्शकले समेत फिल्मलाई रुचाएनन्।
मोक्षको सबैभन्दा ठूलो कमजोरी पोस्टर र प्रचारमा रह्यो। उसले नेपाली फिल्मका दर्शकको चेतना स्तरलाई ख्यालै नगरी म्युजिक ब्यान्डको जस्तो पोस्टर बनायो। नेपाली अक्षरलाई सानो र अंग्रेजी अक्षरलाई चाहिँ आमदर्शकले पढेर उच्चारणै गर्न नसक्ने गरी राख्यो। यसबाहेक टीभी प्रचारमा प्रयोग गरिएको 'मरिन्छ कि क्या हो गाँजा तानीतानी...' बोलको गीत दर्शक भड्काउन पर्याप्त भयो। त्यही गीतका कारण कतिपय अभिभावकले छोराछोरी लिएर हलसम्म पुग्ने आँट नगरेको पाइयो। त्यही कारण मोक्षका निर्माताले देशभरबाट ३ लाख ७५ हजार कमाइमा चित्त बुझाउनुपर्यो। लगानी उठ्नु त कता हो कता !
विदेश जाने युवाको पीडादायक भोगाइको फिल्म तोरी लाहुरेचाहिँ कमजोर पटकथा, संवाद र निर्देशक एनबी महर्जनमा रहेको सिर्जनशीलताको कमीका कारण चुक्यो। सस्तो नाम नराखी पटकथा-संवादमा अलि गहिरनि सकेको भए र सिर्जनशील निर्देशकको हातमा परेको भए यस कथाले नेपाली दर्शकमा निकै राम्रो छाप पार्न सक्थ्यो। यी कुरामा चुक्दा निर्माताहरू नराम्रोसँग फसे। यही मेसोमा सार्वजनिक भएका प्रेमिका, प्रोड्युसरजस्ता फिल्मले पनि हचुवामा फिल्म बनाउने प्रवृत्तिलाई संकेत गर्छन्। ३०-४० लाख लगानी गर्नु परेपछि पटकथा-संवाद र अध्ययन अनुसन्धानमा एक-एक लाख त खर्च गर्नु नि भन्ने सुझाव यी फिल्मका निर्मातालाई दिनु स्वाभाविक ठहर्छ।
त्यस्तै गएको वर्ष सार्वजनिक भएको मनोज पण्डित निर्देशित वधशालाले चाहिँ हिंसाका दृश्यहरू 'अति' भएकै कारण खति बेहोर्नुपर्यो। कथालाई ब्यारेकको बन्दीगृह र यातनामा मात्र सीमित नगरी सेनाका तत्कालीन पक्राउ शैलीबाट सुरु गरेको भए फिल्मले दर्शकबाट राम्रै समर्थन पाउन सक्थ्यो।
पैसा उठाउने फिल्म
यस अवधिमा लागेको विराज भट्ट अभिनीत सम्राटले काठमाडौँका हलहरूबाट १२ लाख रुपियाँ आर्जन गर्यो। जबकि, सम्राट भोजपुरीबाट नेपालीमा स्वरांकन गरिएको हो। यसअघि विराज अभिनीत भोजपुरीबाट स्वरांकित दामिनीले पनि देशभरबाट २५ लाख रुपियाँ कमाएको थियो। दृश्य र कथावस्तु निम्नस्तरको भईकन पनि सम्राट र दामिनीले राम्रो कमाइ गर्नुमा अभिनेता विराज भट्टको क्रेज नै प्रमुख कारण देखियो। प्वाल परेको चप्पल, गोलीगाँठासम्म मयलको काती भएका, फाटेका लुगा लगाएका दर्शकहरू हलको टिकट काउन्टरमा आएर भन्थे, 'विराज भट्टको फिल्मको तलको ६ वटा टिकट पाऊँ न।' तलको अर्थात् सबैभन्दा सस्तो।
यद्यपि, विराज अभिनीत सम्राट लागेको हलमा कलेज पढ्ने अल्लारे र मध्यम वर्गका दर्शक विरलै मात्र देखिए। सम्राटभन्दा पहिला लागेको सूर्य बोहराकृत मुटुले पनि त्यही खालका दर्शक केही हदसम्म बटुलेर मोक्षको भन्दा राम्रो कमाइ गरेको थियो। किनभने, त्यसको पोस्टरमा केकी अधिकारीलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको थियो।
नेपाली दर्शकमा रेखा थापा, विराज भट्ट, केकी अधिकारी र आर्यन सिग्देलको क्रेज राम्रै छ। तर, शिक्षित र मध्यम वर्गलाई आकषिर्त गर्ने लोकपि्रय स्टारडमको अभाव भने कायमै छ। केही महिनाअघि दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्मा निर्मित ६ एकान ६ ले राम्रो पैसा उठायो। यसको कारण टेलिसिरयिलका चर्चित सबै हास्य कलाकारको अभिनय र आक्रामक प्रचार नै हो। यसका ५० प्रतिशत दर्शक हास्य कलाकारलाई हेर्नकै लागि हलभित्र छिरे। कतिपयचाहिँ आफ्ना बच्चाहरूको करकर सहन नसकेर गए। फिल्म आफैँमा उत्कृष्ट भएकाले ६ एकान ६ ले व्यापार गरेको हो भन्न सकिने अवस्था किमार्थ देखिएन।
समाधान छ
भनिन्छ, हरेक समस्याले आफूसँगै समाधान पनि लिएर आएको हुन्छ। यस अर्थमा फिल्म नचल्ने समस्या समाधानका उपाय पनि पक्कै छन्। औसत ४० लाख रुपियाँ खर्च गरेर बनाइएका फिल्मले चार लाखसमेत फिर्ता पाउने स्थिति नभएर निर्माताहरू भकाभक पछारिँदा पनि यस क्षेत्रको उत्थानमा क्रियाशील फिल्म विकास बोर्ड, फिल्म निर्माता संघ, फिल्म निर्देशक संघलगायत कुनै पनि निकायले समस्याको चुरो पहिल्याउने र समाधान खोज्ने कोसिस गरेका छैनन्।
तीतो सत्य के भने अहिलेको फिल्म विकास बोर्डको नेतृत्वबाट रचनात्मक कामको अपेक्षा गर्न सकिने अवस्था छैन। यस स्थितिमा फिल्म निर्माता-निर्देशकले लगानी गर्नु/गराउनुअघि आफैँले स्थलगत अध्ययन-अनुसन्धान गर्न आवश्यक छ। कथा, पटकथा र संवादको तयारीमा अहिले अपनाउँदै आएको परपिाटी बदल्नुपर्छ। ताकि, धेरै दर्शकले त्यस कथाभित्र आफूलाई भेट्टाओस्। त्यति गर्न कठिन छैन। अब पनि पाठ नसिक्ने र अहिलेको परपिाटी नबदल्ने हो भने दर्शकले भनिरहने छन्, 'पोस्टर र प्रोमो हेर्दै दया लाग्छ, नेपाली फिल्म के हेर्नु ?'
बनाउनभन्दा चलाउन गाह्रो
नेपाली फिल्म क्षेत्रमा ठूला हलहरू र वितरकहरूबीचको साँठगाँठ असाध्यै डर लाग्दो छ। यही कारण राम्रा मानिएका कतिपय फिल्मका निर्माता लगानी पनि फिर्ता नपाई कहिल्यै उठ्न नसक्ने गरी थला पर्छन्। यसको ज्वलन्त उदाहरण मालती शाह निर्माता रहेको श्याम श्रेष्ठ अभिनीत रावण हो। राम्रैसँग दर्शक बटुलेको रेखा अभिनीत रावणकी निर्माता शाहकै भनाइमा उनले अझै लगानी फिर्ता पाएकी छैनन्। दशकअघि १ सय ४० दिन चलेको बलिदानका निर्माता श्याम सापकोटा अझै ऋण मुक्त हुन सकेका छैनन्।
फिल्म चलाउनका लागि उपयुक्त समय पाउन असाध्यै कठिन छ। किनभने, उपयुक्त समय ठूला हलवाला र वितरकहरू आफैँले निर्माण गरेका फिल्मका लागि कब्जा हुन्छ। उनीहरूद्वारा निर्मित फिल्मसँग भिड्यो भने त राम्रै मानिएको फिल्मलाई संगठित रूपमै पत्तासाफ बनाइँदो रहेछ। यसरी पनि थुप्रै फिल्मका निर्माताको घरघडेरी डुबेका छन्।
राम्रा फिल्मका लागि होल्डओभर अर्को समस्या हो। यस अनुसार कुनै पनि हलले सिनेमा लगाउँदा आफ्नो हलको सिट क्षमता अनुसार न्यूनतम व्यापार होस् भन्ने अपेक्षा राख्छन्। त्यसलाई फिल्म क्षेत्रको भाषामा होल्डओभर भनिन्छ। त्यसमा उनीहरूले बिजुली, स्टाफको तलब, सरसफाइ आदिको खर्च जोडेर न्यूनतम यति रकमको व्यापार हुनुपर्ने मापदण्ड तोकेका हुन्छन्। जस्तो ः काठमाडौँ, बालाजुको गंगा हलको साप्ताहिक होल्डओभर २ लाख ४५ हजार रुपियाँ छ।
राम्रो मानिएको कुनै फिल्मले पहिलो दिनको पहिलो र दोस्रो सोमा होल्डओभर अनुसारको व्यापार गरेन भने त्यही दिन उतारँिदो रहेछ। काठमाडौँ उपत्यकामा चाहिँ सातासम्म पर्खिर्इँदो रहेछ। राम्रा मानिएका कतिपय फिल्म यही होल्डओभरको मारमा पर्छन्। किनभने, माउथ पब्लिसिटी भएर दर्शकहरू हलसम्म पुग्दा फिल्म उत्रिसकेको अवस्था पनि आउन सक्छ। तर, हलवाला र वितरकले निर्माण गरेका फिल्ममा भने होल्डओभर लागू नहुने एक प्रकारको व्यावसायिक विभेदका कारण फिल्महरू मारमा परेका छन्।