कमेडी च्याम्पियन विजेता हिमेश पन्तलाई १० प्रश्न #Video
रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करण विजेता हिमेश पन्तलाई नेपाल म्यागजिनका १० प्रश्न
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे । उनी १ घन्टादेखि एक साता लगाएर पनि कन्टेन्ट तयार पार्न सक्छन् ।
अरूलाई हँसाउन सजिलो लाग्छ तर अरुले हँसाउन नसकेजस्तो लाग्छ, उनलाई । त्यसैले होला, कमेडी च्याम्पियन नेपालको प्रतिस्पर्धा अवधिभर खुलेर कमै हाँसे, हिमेश पन्त, २३ । त्यसो त निर्णायक सन्तोष पन्तलाई पनि राम्रा जोकमा हाँस्न कन्जुस्याइँ गरेको आरोप लाग्यो । दुवै पन्त भएकाले नहाँस्दा कोरोना भाइरस सर्छ कि क्या हो भन्दै हिमेशले मजाक पनि उडाए ।
लजिकल कमेडियन हुन्, हिमेश । प्रतिस्पर्धामा रहुन्जेल सुरुदेखि अन्तिमसम्म सबभन्दा अब्बल उनै ठहरिए । उनका जोक सामाजिक, आर्थिक र बढी राजनीतिक क्षेत्रका हुन्थे । साथमा शेरबहादुर देउवा, प्रचण्ड, केपी ओलीलगायत बलिउड हिरोहरुको पनि क्यारिकेचर गरे । अन्तत: टाइटल उनले नै जिते ।
विद्यालयका कार्यक्रममा चुट्किला, प्यारोडी गीत, हाँस्य कविता सुनाउँथे, हिमेश । शैलेन्द्र सिम्खडा, मेरी बास्सै र मह सञ्चारका कार्यक्रम हेरेर रमाउँथे र त्यस्तै गर्ने कोसिस गर्थे । एसएलसीमा स्कुल टपेपछि काठमाडौँ हानिए । विज्ञान संकायमा भर्ना भए । तर हँसाउने क्रम
भने रोकिएन ।
यो पनि पढ्नुस
रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्करण विजेता हिमेश पन्तलाई नेपाल म्यागजिनका १० प्रश्न
कलेजका कार्यक्रममा उनी स्ट्यान्ड अप कमेडी गर्थे तर त्यतिबेलासम्म आफूले गरेको काम के हो भन्ने थाहा थिएन । त्यही बीचमा हिमेशले अमेरिका र भारतका स्ट्यान्ड अप कमेडियनका शो हेर्न पाए । पहिलोपल्ट केविन हार्ट, क्रिस रकका शो देख्दा छक्कै परे । क्रिसले त बोले मात्रै पनि उनलाई हाँसो लाग्थ्यो रे । क्रिसको यथार्थवादी कमेडीमा हिमेश आफूलाई पाउँथे र हाँस्थे । यस्तै कमेडी गर्न सकेँ भन्ने लाग्थ्यो उनलाई ।
प्लस टु सकेलगत्तै सर्ट फिल्ममा काम गर्ने अवसर पाए । हौसिएर १ महिने अवधिमा एउटै प्रोजेक्टका लागि ४० वटा सर्ट फिल्म खेले, बिनापारिश्रमिक । विडम्बना, ती कुनै पनि फिल्म कुनै प्लेटफर्ममा हेर्न पाएनन् ।
संघर्षका यी दिनमा थुप्रै मान्छेलाई चिनिसकेका थिए, हिमेशले । त्यसैले हिमालयन टीभीमा दिमाग खराब सिरियलमा काम पाए । दिमाग बिग्रेको क्र्याक ठिटोको भूमिकामा थिए, उनी । भन्छन्, ”कमेडीको भोक थियो, जे रोल पाए पनि गर्न तम्सिन्थेँ ।”
धादिङको नौबिसेभन्दा केही पर सात किल्ला छ, त्यही गाउँमा हिमेशले कलाकार बन्ने सपना देखे । उनलाई परिवारबाट कहिल्यै रोकतोक भएन । उनका बुबा डुनोटको व्यापार गर्छन् । पुल्चोक इञ्जिनियरिङ कलेजमा नाम ननिक्लेपछि अस्कलमा बीएस्सी भर्ना भए । त्यही बेला स्ट्यान्ड अप कमेडी चलाउने भन्दै कमेडी सर्कल सुरु भयो । हिमेश, आदर्श मिश्रा र साजन त्यसैमा संलग्न भए । ६ महिनापछि २५ सय पारिश्रमिक पनि पाए । भन्छन्, “म सबैभन्दा धेरै कन्टेन्ट दिन्थेँ । त्यही भएर सर्कलमा मेरो शो बढी छ ।”
सिक्ने क्रममा उनले एक दिन कुनाल काम्रको द गभर्मेन्ट एन्ड हिन्दुजम कमेडी हेरे । आफूलाई राजनीति मन पर्ने भए पनि अन्य साथीहरुले मन नपराउने हुँदा उनी राजनीतिक जोक गर्दैनथे । तर काम्रले सहज पाराले भारतीय राजनीतिमा हानेको व्यंग्यले हिमेशको मन मात्र छोइन, हाँसो पनि उत्तिकै उठ्यो । राजनीतिक जोक पनि राम्ररी तयार पार्यो भने दर्शक हाँस्छन् भन्ने उनले बुझे । च्याम्पियनको यात्रामा जतिबेला प्रतिस्पर्धा खतरनाक होलाजस्तो लाग्यो, उनले राजनीतिक कमेडी गरे ।
कमेडी कन्टेन्ट लेख्न हिमेशलाई कहिल्यै सास्ती भएन । च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे । उनी १ घन्टादेखि एक साता लगाएर पनि कन्टेन्ट तयार पार्न सक्छन् । भन्छन्, ”कमेडीका लागि कन्टेन्ट नै महत्त्वपूर्ण हो । कन्टेन्ट नै लेख्न आएन भने गाह्रो छ ।”
यो पनि पढ्नुस्
जहाँ सुमन कार्की, सुमन कोइराला चरित्र पक्रेर कमेडी गर्न खप्पिस थिए भने हिमेश स्ट्यान्ड अपमा । तर भिटेनको चरित्रलाई जिटेन बनेर उनले स्ट्यान्ड अप गर्दा उक्त चरित्र निकै चर्चित भएको थियो । सुरुमा च्याम्पियनमा सहभागी हुने/नहुनेमा दोधारमै रहेका बेला डिजिटल भिडियो पठाएका हिमेशले शो यति धेरै चर्चित होला भन्ने सोचेका थिएनन् । पछि प्रस्तुति ट्रेन्डिङमा आउन थालेपछि खुसी भए ।
हिमेशलाई भोटिङ प्रणाली भने ठीक लागेको छैन । एक जनाले एक पटक मात्र भोट हाल्न पाउनुपर्ने उनको जिकिर छ । साथीहरुले शीर्ष १० देखि नै क्याम्पेन गर्दै आफ्नै गोजीको पैसा खर्च गरेको पनि उनले शोमै थाहा पाए । यस्तै, कतिपय बेला निर्णायकले दर्शक हाँसेकै आधारमा कमेडियनलाई उत्कृष्ट प्रस्तुति भयो भन्दै तारिफ गरेको हिमेशलाई पटक्कै चित्त बुझ्दैन ।
भविष्यमा आफूले रुचाउने खालकै कमेडी गर्न चाहने हिमेश मासले मन पराउने कमेडी मात्र गर्न चाहँदैनन् । २५ लाख र गाडी जिते पनि हिमेशको हातमा पर्न अझै एक महिना लाग्छ । जितसँगै साथीहरुले पार्टी मागेका छन् तर पैसा सुको नभएको उनी सुनाउँछन् । हिमेशले १ लाख रुपैयाँ मिर्गौलापीडितलाई र २५ हजार क्रिकेट स्टेडियम बनाउन धुर्मुस सुन्तलीलाई दिने घोषणा गरेका छन् ।
च्याम्पियनमा सबै कुरा सहज पनि भएन । शीर्ष ६ मा हुँदा धार्मिक विषयमा जोक गर्यो भनेर हिमेशलाई भोट नगरौँ भन्दै क्याम्पेन नै चल्यो । त्यसपछिका लगातार दुई शृंखलामा उनको प्रस्तुति खस्कियो । तनावले लेख्न पनि सक्दैनथे । पछि च्याम्पियनले नै माफी माग्न अह्रायो । उनले माफी मागे पनि । त्यसैको बदला लिन शीर्ष ३ मा हुँदा धर्मबारे ‘म चुइँक्कै बोल्दिनँ’ भन्दै व्यंग्य हाने, ‘धर्म मेरो मुटुमा छ ।’ त्यसपछि लगातार धर्मबारे जोक हान्दै आएको उनी सुनाउँछन् । भन्छन्, “जोकले आफ्नै थेरापी भइरहेको छ ।”
पर्फ्युममा सुँघ्ने क्षमतासँगै अस्तित्वको खोजी र ग्रनोई अवचेतन रूपमै मृत्युको नजिक रहेको दे...
गरिरहेका काम जहाँको तहीँ थाती राखेर क्वारेन्टाइन पसेका रंगकर्मीको उकुसमुकुस ...
अमेरिकन आइडल–२०२० को उपाधि चुम्न आतुर नेपाली ठिटो...
बलिउडमा स्थापित भन्दा फरक पृष्ठभूमिबाट सिनेक्षेत्रमा प्रवेश गरेका इरफानको संघर्ष आफैंमा एउ...
लकडाउनमा सेलिब्रिटी दैनिकीः पारिवारिक पुनर्मिलन, सिर्जनात्मक रचनादेखि जनचेतनाका आवाजसम्म...
च्याम्पियनका अन्य प्रतिस्पर्धीले कन्टेन्टका लागि माथापच्ची गरिरहादा हिमेश भने तु लेखिसक्थे...