कला
२५ फाल्गुन २०७२ मंगलबार
काठमाडौं
वर्षा न दंग, न दिक्क
सानै भूमिका सही, कम्तीमा आफूले अभिनय गरेको फिल्मले पैसा त कमायो, त्यसैले किन चित्त दुखाउनू ?

एउटा कलाकारलाई फिल्म हिट हुँदा दंग र फ्लप हुँदा दिक्क लाग्नु स्वाभाविक हो । तर, पशुपतिप्रसादकी हिरोइन वर्षा शिवाकोटी फिल्मले बक्स अफिसमा कमाल गर्दा पनि फुरुंग देखिन्नन्, न त दु:खी नै । दंग किन छैनन् भने फिल्ममा उनको भूमिका अत्यन्त छोटो थियो, त्यसैले सफलताको क्रेडिट उनले पाइनन् ।
सानै भूमिका सही, कम्तीमा आफूले अभिनय गरेको फिल्मले पैसा त कमायो, त्यसैले किन चित्त
दुखाउनू ? उसो त यस्तो दोसाँधमा उनी पहिलोपटक फसेकी भने होइनन्, नाई नभन्नु ल २ को सवालमा पनि यस्तै भएको थियो । भूमिका छोटो भएकाले यो फिल्म हिट हुँदा पनि वर्षाको तारिफ गर्ने कोही भेटिएका थिएनन् । त्यसैले त नामजस्तो फिल्मको वर्षा भएन ।