सम्बन्धमा गडबडी !
नेपाली फिल्मवृत्तमा न सम्बन्ध कसिलो हुन बेर लाग्छ, न दरार आउन । अघिल्लो दिनको दोस्ती भोलिपल्ट दुस्मनीमा बदलिनु सामान्य मानिन्छ यहाँ ।

नेपाली फिल्मवृत्तमा न सम्बन्ध कसिलो हुन बेर लाग्छ, न दरार आउन । अघिल्लो दिनको दोस्ती भोलिपल्ट दुस्मनीमा बदलिनु सामान्य मानिन्छ यहाँ । दयाहाङ राई र प्रियंका कार्की यही शृंखलाको पछिल्लो उदाहरण बन्ने क्रममा रहेको गाइँगाइँ–गुइँगुइँ सुनिन थालेको छ ।
केहीअघिसम्म ‘रिल’मा मात्र होइन, ‘रियल’मै उनीहरु एकदम नजिक थिए । प्रियंकाको फेसबुक वालमा दयाहाङसँगका तस्बिर अपलोड भइरहन्छ । तर, अचेल फेसबुकमा त्यो प्रगाढ सम्बन्ध देखिन्न नै, सँगै उनीहरुले खोल्ने भनेको प्रोडक्सन हाउस पनि गर्भमै तुहिएको छ । दयाहाङ स्वयम्ले तत्काल प्रोडक्सन कम्पनी सुरु गर्ने कुनै सम्भावना नरहेको बताएका छन् । उता, प्रियंका पनि दयाहाङ नभएका फिल्ममा व्यस्त छिन् । अनि, यो सम्बन्धमा तुषारापात भएको संकेत होइन र ?