हरिया अब भिलेन
रेशम फिलिलीको हाइप र हरिया बनेका कामेश्वर चौरासियाको वाहवाही हेर्दा लाग्थ्यो, अब कामेश्वरलाई फिल्मको ओइरो लाग्नेछ । आधा दर्जन फिल्ममा चट्नी भूमिकामा काम गरेपछि उनले रेशम फिलिलीमा मुख्य भूमिका पाएका थिए, त्यसमाथि यही फिल्मले बक्स अफिसमा रेकर्ड राख्यो ।

रेशम फिलिलीको हाइप र हरिया बनेका कामेश्वर चौरासियाको वाहवाही हेर्दा लाग्थ्यो, अब कामेश्वरलाई फिल्मको ओइरो लाग्नेछ । आधा दर्जन फिल्ममा चट्नी भूमिकामा काम गरेपछि उनले रेशम फिलिलीमा मुख्य भूमिका पाएका थिए, त्यसमाथि यही फिल्मले बक्स अफिसमा रेकर्ड राख्यो । शीर्ष भूमिकामा रहेका हिरो विनय श्रेष्ठभन्दा कामेश्वरले ज्यादा तारिफ बटुले ।
यो फिल्म रिलिज भएको दुई वर्ष बित्नै लाग्यो तर उनले आफूप्रतिको अपेक्षा पूरा गर्न सकेका छैनन् । यसबीचमा उनी अभिनीत लुट २ रिलिज भयो, मल्टी स्टारर यस फिल्ममा सहायक भूमिकामा सीमित थिए । त्यसैले उनी किनारा लाग्ने चिन्ता गरिएकै बेला नया“ फिल्म प्र्रदर्शनका लागि तयार भएको छ, पला“स । १८ चैतमा रिलिज हुने यस फिल्ममा उनी नकारात्मक भूमिकामा छन् । रेशम फिलिलीमा हास्य भूमिकाबाट स्टार बनेका कामेश्वरले भिलेन बनेर दर्शकको मन जित्लान् त ?